आइतबार, पुस १३, २०८२

पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

 |  आइतबार, चैत १८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, चैत १८, २०८०

National life
Laxmi sunrise bank
kumari

गुल्मी- गुल्मीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर एकजनाको मृत्यु भएको छ। जिल्लाको गुल्मीदरबार गाउँपालिका–२ घोरा निवासी रमेश सारुको छोरा १२ वर्षीय प्रिन्स सारुको मृत्यु भएको हो। 

प्रिन्स शनिबार बेलुकी ५ बजे बडिगाड खोलाको सोता भन्ने ठाउँमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए। उनको आज बिहानैदेखि सशस्त्र प्रहरी, गुल्मीका सई खड्गसिंह पे्रमीको नेतृत्वमा खटिएको टोलीले खोजी गर्ने क्रममा ११:३० को समयमा शव फेला परेको प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 31, 2024| 13:57 आइतबार, चैत १८, २०८०
प्रतिक्रिया दिनुहोस्