सोमबार, पुस १४, २०८२

झुम्का कारागारभित्र न्यायधीश राईको मृत्यु

 |  आइतबार, चैत १८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, चैत १८, २०८०

इनरुवा (सुनसरी)- सुनसरीको झुम्का कारागारभित्र ४२ वर्षीय न्यायधीश राईको मृत्यु भएको छ ।

National life

पत्नी हत्याको आरोपमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका खोटाङका साकला गाउँपालिका घर भई हाल इटहरी उपमहानगरपालिका–४ मा डेरा गरी बस्दै आएका राईको करागारभित्रै मृत्यु भएको हो । 

कारागारभित्रै कुटेर हत्या गरेको राईका आफन्तले आरोप लगाएका छन् । कारागारमा भाइको हत्या भएको दाबी गर्दै घटनाको छानबिन गर्नुपर्ने मृत्तक न्यायधीशका दाइ सुभाष राईले माग गरे । न्यायधीशको शरीरभरि निलडाम रहेको, कान सुनिएको र चोट देखिएकाले कारागारभित्रै कुटेर हत्या गरेको मृतकका भाउजु उर्मिला राईले दाबी गरिन्।

कैदीबन्दी राईको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको झुम्का कारागारका प्रमुख धुव्रराज कोइरालाले बताए । स्वास्थ्यमा समस्या रहेकाले उपचारका लागि जिल्ला अस्पताल सुनसरीमा भर्ना गरेको र उपचारका क्रममा उनको मृत्यु भएको उाको भनाइ छ । 

जिल्ला अस्पताल सुनसरीका प्रमुख श्रेया पङ्गेनीले राईको अस्पताल आउनुअघि नै मृत्यु भइसकेको बताए । पीडित पक्षले न्याय र क्षतिपूर्ति नदिएसम्म शव परीक्षण गर्न नदिने र शव नबुझ्ने अडान लिएको छ । शव इनरुवा अस्पतालमा राखिएको छ ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 31, 2024| 06:51 आइतबार, चैत १८, २०८०
प्रतिक्रिया दिनुहोस्