बिहीबार, भदौ ११, २०८३

इलाम-२ मा रास्वपाले गर्‍यो उम्मेदवार सार्वजनिक

 |  शनिबार, चैत १७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, चैत १७, २०८०

काठमाडौं- इलाम २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ।

आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधि सभाको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहितका नेताहरू इलाम पुगेर उम्मेदवार सार्वजनिक गरेका हुन्। 

इलाममा एक कार्यक्रम गर्दै लिम्बुको उम्मेदवारी सार्वजनिक गरिएको हो। उम्मेदवारी सार्वजनिक कार्यक्रममा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, ललितपुर-३ की सांसद तोशिमा कार्की लगायतको उपस्थिति रहेको छ।

प्रकाशित: Mar 30, 2024| 15:27 शनिबार, चैत १७, २०८०
प्रतिक्रिया दिनुहोस्