बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • तल्लो डुंगेश्वर-पालेतडा सडक जीर्ण हुँदा बढ्यो दुर्घटनाको जोखिम

तल्लो डुंगेश्वर-पालेतडा सडक जीर्ण हुँदा बढ्यो दुर्घटनाको जोखिम

 |  आइतबार, चैत १८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, चैत १८, २०८०

सुर्खेत- कर्णाली राजमार्गअन्तर्गत दैलेखको तल्लो डुंगेश्वरदेखि पालेतडासम्मको सडकखण्ड जीर्ण भएको छ। नियमित रूपमा सवारी साधन सञ्चालन हुने जीर्ण सडकमा दुर्घटनाको जोखिम बढेको छ।

यो सडकमा दैनिक गाडी चलाउँदै आएका रमेश शाही सडकका खाल्डा तत्काल पुर्नुपर्नेमा जोड दिँदै अविलम्ब मर्मतसम्भारका निम्ति सम्बन्धित निकायको ध्यान जानुपर्ने बताउँछन्। बांगेसिमलदेखि दहीखोलाको बीच भाग डुंगेश्वर-पालेतडासम्मको झन्डै ३० किलोमिटर सडक तत्काल मर्मत गर्नुपर्ने उनी बताउँछन्।

जीर्ण सडक मर्मतबारे रासस प्रतिनिधिको जिज्ञासामा सडक डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर टोप नारायण पौडेलले अनुसार उक्त खण्डको लागि चालु आर्थिक वर्षमा उक्त सडकको स्तरोन्नति गर्न बजेट नभएको जानकारी दिए। रासस

प्रकाशित: Mar 31, 2024| 06:01 आइतबार, चैत १८, २०८०
प्रतिक्रिया दिनुहोस्