मंगलबार, असार ९, २०८३

पूर्वी नाकाबाट चालु आवमा घट्यो पेट्रोलियम पदार्थको आयात

 |  शनिबार, चैत १७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, चैत १७, २०८०

झापा- अघिल्लो आवको तुलनामा चालु आवमा पूर्वी नाका काँकरभिट्टाबाट पेट्रोलियम पदार्थको आयात घटेको छ।

National life

काँकरभिट्टाबाट आयात हुने पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यास झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा स्थानीय पेट्रोल पम्पमार्फत बिक्री वितरण हुँदै आएको छ।

मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार चालु आर्थिक वर्षको आठ महिनामा १३ अर्ब ३३ करोड १६ लाख ३३ हजार रूपैयाँको पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यास आयात भएको छ। अघिल्लो आवको सोही अवधिमा १४ अर्ब ६२ करोड ४३ हजार रूपैयाँ मूल्य बराबरको पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यास भारतबाट आयात भएको थियो ।

पूर्वी नाका हुँदै आयात हुने पेट्रोलियम पदार्थमध्ये डिजेलको आयातमा भारी गिरावट आएको छ। प्रमुख भन्सार अधिकृत रेग्मीका अनुसार आव २०८०/०८१ को आठ महिनामा चार अर्ब ८७ करोड ६९ लाख ९६ हजारको ४५ हजार १ सय ४० रूपैयाँ किलोलिटर डिजेल आयात भएको छ। आव २०७९/०८० को सोही अवधिमा पाँच अर्ब ७३ करोड १८ लाख १७ हजारको डिजेल आयात भएको थियो।

पेट्रोल, हवाई इन्धन, मट्टितेल र एलपी ग्यासको आयातमा पनि गिरावट आएको छ। 

Shivam cement

प्रकाशित: Mar 30, 2024| 20:01 शनिबार, चैत १७, २०८०
प्रतिक्रिया दिनुहोस्