शुक्रबार, वैशाख २१, २०८१

आयरल्यान्ड 'ए'सँग हार्‍यो नेपाल 'ए'

 |  शुक्रबार, चैत १६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १६, २०८०

काठमाडौं- पहिलो टी-२० अभ्यास खेलमा नेपाल ‘ए’ आयरल्यान्ड ‘ए सँग २१ रनले पराजित भएको छ। शुक्रबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा आयरल्यान्ड ‘ए’ ले दिएको २२३ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ १९ ओभर ३ बलमा २०१ रनमा समेटिएको हो।

triton college

नेपालका लागि लोकेश बमले आक्रामक शतक प्रहार गरेपनि जितका लागि पर्याप्त हुन सकेन। उनले ५६ बलमा १०६ रन बनाएर आउट भए।

लोकेश र आरिफ शेखले चौथो विकेटका लागि १ सय २१ रनको साझेदारी गरेका थिए। आरिफ ४९ रनमा आउट भए। कप्तान विनोद भण्डारीले १७ जोडे। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङमा आयरल्यान्ड ‘ए’ का लागि म्याथ्यु हम्फ्रिजले ३ र फिओन ह्यान्ड ३, म्याथ्यु फोस्टर २, ग्याभिन होए, टम मेयस र म्याथ्यु फोस्टरले एकएक विकेट लिए। १८९ रनमा ४ विकेट गुमाएको नेपालले थप १२ रन जोड्दा थप ६ विकेट गुमाउन पुग्यो।

प्रकाशित: Mar 29, 2024| 17:15 शुक्रबार, चैत १६, २०८०
प्रतिक्रिया दिनुहोस्