सोमबार, जेठ २६, २०८२

आयरल्यान्ड 'ए' ले नेपाल 'ए' लाई दियो २२३ रनको लक्ष्य

 |  शुक्रबार, चैत १६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १६, २०८०

vianetvianet

काठमाडौं- आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो खेलमा नेपाल ‘ए’ लाई जितको लागि दुई सय २३ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २२२ रनको योगफल बनायो।

आयरल्यान्डका लागि पिटर मोरले ३२ बलमा चार चौका र तीन छक्काको मद्दतले सर्वाधिक ४९ रनको योगदान गरे। त्यस्तै कप्तान नील रकले र काडे कारमाइकलले समान ३८/३८ रन बनाए। स्टेफन डोहिनीले ३४ गारेथ डेलानीले अविजित ३० र गाभिन होयले अविजित १८ रन बनाए।

नेपाल ‘ए’ का लागि कमलसिंह ऐरीले तीन विकेट लिए भने सागर ढकाल र आरिफ शेखले समान एक विकेट लिए। नेपाल अहिले जवाफी ब्याटिङमा उत्रिएको छ। 

प्रकाशित: Mar 29, 2024| 15:23 शुक्रबार, चैत १६, २०८०
प्रतिक्रिया दिनुहोस्