बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबिच बालुवाटारमा छलफल

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबिच बालुवाटारमा छलफल

 |  बिहीबार, चैत १५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १५, २०८०

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा सङ्क्रमणकालीन न्याय, सङ्घीय संसद्लाई सहजरुपमा सञ्चालन गर्नेलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए।

संसद्लाई प्रभावकारी बनाउने र राष्ट्रिय समस्या समाधानका लागि प्रमुख प्रतिपक्षी दलसँग प्रधानमन्त्रीले नियमित छलफल गरिरहेका छन्। 

प्रकाशित: Mar 28, 2024| 11:19 बिहीबार, चैत १५, २०८०
प्रतिक्रिया दिनुहोस्