मंगलबार, पुस १५, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • टी-२० सिरिजको उपाधि भिडन्तमा नेपाललाई पीएनजीले दियो १७२ रनको लक्ष्य

टी-२० सिरिजको उपाधि भिडन्तमा नेपाललाई पीएनजीले दियो १७२ रनको लक्ष्य

 |  बुधबार, फागुन ३०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ३०, २०८०

हङकङमा जारी टी-२० सिरिज क्रिकेटको फाइनलमा पीएनजीले नेपाललाई १७२ रनको लक्ष्य दिएको छ।

National life

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन बनाएको हो।

आजको खेलमा हिजो चार विकेट लिएका भुर्तेलले चार ओभर बलिङ गर्दै २४ रन खर्चिएर तीन विकेट लिए। त्यसअघि पिएनजीको सुरुवाती क्रममाथि मध्यम गतिका बलर करन केसी, आकाश चन्द र गुल्शन झाले भूमिका खेलेका थिए। यद्यपी रनको बहाब भने रोक्न सकेनन्।

केसीले पहिलो ओभरमै विकेट निकालेर पिएनजीमाथि दबाब सिर्जना गरेका थिए भने दोस्रो र चौथो ओभरमा दुई विकेट निकालेर युवा बलर चन्दले पिएनजीमाथि थप दबाब बढाएका थिए। पिएनजीको चौथो विकेट झाले लिएका थिए। यसरी चन्दले चार ओभरमा ४१ रन खर्चिएर तीन विकेट लिँदा केसीले चार ओभरमा ३२ रन खर्चिएर एक र गुल्शनले एक ओभरमा ११ रन खर्चिएर एक विकेट लिए।

पिएनजीका तर्फबाट ओपनर टोनी उराले ३७ बलमा ६१ रन, हिला भारेले २१ बलमा १८ रन, अलेई नाउले  १० बलमा ३० रनको योगदान दिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 13, 2024| 13:33 बुधबार, फागुन ३०, २०८०
प्रतिक्रिया दिनुहोस्