आइतबार, पुस २०, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • पिएनजीलाई पराजित गर्दै त्रिकोणात्मक सिरिजको फाइनलमा पुग्यो नेपाल

पिएनजीलाई पराजित गर्दै त्रिकोणात्मक सिरिजको फाइनलमा पुग्यो नेपाल

 |  मंगलबार, फागुन २९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २९, २०८०

काठमाडौं- हङकङमा जारी त्रिकोणात्मक सिरिजमा पपुवा न्युगिनी (पिएनजी)लाई ८५ रनले पराजित गर्दै नेपाल फाइनलमा पुगेको छ।

National life

मंगलबार बिहान १९९ रनको लक्ष्य पछ्याएको पिएनजी १६.१ ओभरमा ११३ रन बनाएर अलआउट भएको हो।

पिएनजीविरुद्ध नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४ विकेट, प्रतिक जिसीले २ विकेट, गुलसन झा, आकाश चन्दले १/१ विकेट लिए।

पिएनजीका लागि हिरी हिरीको २८ रन, सेसे बाउले २१ रन, टोनी उराले १३ रन र  नोसेना पोकानाले १२ को योगदान गरे। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

पपुवा न्युगिनीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङको निम्तो पाएको नेपालका लागि ओपनर कुशल भुर्तेल र सन्दीप जोराले अर्धशतकमा प्रहार गरे।

Laxmi sunrise bank
kumari

नेपालका लागि भुर्तेलले ५९ रन, जोराले ५६ रन, बिनोद भण्डारीले २७ रन, गुलसन झाले १५ रन , लोकेश बमले १४ रन, विवेक यादवले १९ रनको योगदान गरे। गुलसन र विवेक अविजित रहँदा कप्तान रोहित पौडेलले १ रन र आरिफ शेखले ४ रनको मात्र योगदान गर्न सके।

आइतबार वर्षाले खेल प्रभावित भएपछि नेपाल र हङकङले अंक बाँडेका थिए। आजै पिएनजी र हङकङबीच पनि खेल हुनेछ। उक्त खेलमा विजेता टोली फाइनल प्रवेश गर्नेछ। फाइनल खेल बुधबार हुने कार्यतालिका छ। 

प्रकाशित: Mar 12, 2024| 10:29 मंगलबार, फागुन २९, २०८०
प्रतिक्रिया दिनुहोस्