बिहीबार, चैत २६, २०८२

तनहुँको बुल्दीखोलामा पाँच करोडको पक्की पुल बन्दै

 |  शनिबार, फागुन २६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २६, २०८०

दमौली- तनहुँको व्यास नगरपालिका-२ र १ करङकाठ जोड्ने बुल्दीखोलामा पक्की पुल निर्माण हुने भएको छ।

National life

पक्की पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ। व्यास नगरपालिकाले धादिङको ज्वालामुखी कन्स्ट्रक्सनसँग बुल्दीखोलामा पुल निर्माणका लागि बुधबार सम्झौता गरेको हो। बुल्दीखोलामा पुल निर्माणका लागि गत पुस ३ गते विद्युतीय बोलपत्र आह्वान भएको थियो।

अनलाइनमार्फत पेस भएका तीन फर्मका विद्युतीय बोलपत्रमध्ये नगरपालिकाको स्वीकृत विभागीय लागत अनुमान मूल्यअभिवृद्धि कर र कन्टिजेन्सी बाहेक पाँच करोड ८२ लाख ४० हजार नौ सय ४९ रूपैयाँमा बोलपत्र दर्ता गराएको ज्वालामुखी कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले जानकारी दिए।

निर्माण कम्पनीका सञ्चालक धर्मराज लोहनी र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीबीच ठेक्का सम्झौता भएको हो। पुल निर्माण १८ महिनाभित्र सम्पन्न गर्नुपर्नेछ। व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले तोकिएको समयमा निर्माण पूरा  हुनेमा आफू विश्वस्त रहेको बताए। रासस

प्रकाशित: Mar 09, 2024| 06:01 शनिबार, फागुन २६, २०८०
प्रतिक्रिया दिनुहोस्