बिहीबार, चैत २६, २०८२

एक महिनाअघि नै सकियो खरानीटार-दोर्खुखोला सडक

 |  शुक्रबार, फागुन २५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २५, २०८०

नुवाकोट- नुवाकोटको तादी गाँउपालिका–३ स्थित ‘खरानीटार–दोर्खुखोला सडक योजना’को काम लक्ष्यभन्दा एक महिना अगावै सम्पन्न भएको छ। 

National life

तादी गाउँपालिकासँग भएको सम्झौता अनुसार गत मङ्सिरदेखि काम सुरु गरेर आगामी चैत मसान्तसम्ममा पूरा गर्नुपर्ने थियो। तर सो सडकको काम फागुन तेस्रो सातानै  सम्पन्न भएको छ।

रोहना कन्स्ट्रक्सनमार्फत गरिएको उक्त सडकको स्तरोन्नतिको काम तोकिएको गुणस्तर अनुसारनै भएको अनुगमनका क्रममा देखिएको तादीका उपाध्यक्ष सञ्जु प्याकुरेलले जानकारी दिए।

पालिकाको नियमित अनुगमन, निर्माण व्यवसायीको इमान्दारिताको साथ काममा सक्रियता र सरोकारवाला उपभोक्ताको सहयोगले लक्ष्य अगावै काम पूरा भएको छ।

सडक स्तरोन्नतिका लागि गाउँपालिकाले रु एक करोड १२ लाख लागतको बोलपत्र आह्वान गरेको थियो। उक्त योजना रु ७५ लाख ९१ हजारमा सम्पन्न भएको उपाध्यक्ष प्याकुरेलले बताए। 

kumari

निर्माण कम्पनीका प्रतिनिधि प्रदीप शर्माले समयमै काम सम्पन्न भएकामा खुसी व्यक्त गरे। तादी गाँउपालिका–३ खारनीटारबाट दोर्खुखोला हुदै तादी–१ उर्लेनीसम्म पुग्ने उक्त सडकअन्तर्गत चालु आर्थिक वर्ष २०८०÷८१ मा करिब छ किलोमिटर सडकको स्तरोन्नति गरिएको छ। 

सडक स्तरोन्नतिपछि दुर्गम उर्लेनी र लच्याङका बासिन्दालाई पालिकाको केन्द्र खरानीटारहुदै सदरमुकाम विदुर र राजधानी काठमाडौँ आउजाउ गर्न सहज बनाएको छ। 

बागमती प्रदेश सरकार र तादी गाउँपालिकाको सयुक्त लगानीमा विनियोजित बजेटबाट उक्त कार्य पूरा भएको हो। खरानीटार–दोर्खुखोलासम्मको सडकको स्तरोन्नति भएसगैँ उर्लेनी र लच्याङसम्म जोड्ने लक्ष्य लिएको गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङले जानकारी दिए।

दोर्खुखोलामा ४१ मिटर लामो पक्की पुल निर्माण सम्पन्न भएको छ। 

प्रकाशित: Mar 08, 2024| 19:01 शुक्रबार, फागुन २५, २०८०
प्रतिक्रिया दिनुहोस्