शुक्रबार, भदौ १२, २०८३

भक्तपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

 |  शुक्रबार, फागुन २५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २५, २०८०

भक्तपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। बिहीबार साँझ मादक पदार्थ सेवन गरी घर आएका श्रीमान् २५ वर्षीय सन्तोष भुजेलले श्रीमती २१ वर्षीया पवित्रा राईले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए। 

पवित्रालाई उपचारका लागि भक्तपुर जिल्ला अस्पताल लगिएकोमा बेलुकी ७ : १५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी परिसरले जनाएको छ। 

सिन्धुपाल्चोकको मेलम्ची घर भएका उनीहरू भक्तपुरको चाँगुनारायण नगरपालिका–३, झौखेलमा मनोजकुमार बुढाथोकीको घरमा बस्दै आएका थिए।  सन्तोषलाई नियन्त्रणमा लिएर घटनाको विषयमा अनुसन्धान अघि बढाइएको प्रहरीले जाएको छ।

प्रकाशित: Mar 08, 2024| 11:46 शुक्रबार, फागुन २५, २०८०
प्रतिक्रिया दिनुहोस्