बुधबार, जेठ २१, २०८२

महाशिवरात्रीको महत्व र अर्थ के छ ?

 |  शुक्रबार, फागुन २५, २०८०
nespernesper

ज्यो. विवेक पाण्डेय

ज्यो. विवेक पाण्डेय

शुक्रबार, फागुन २५, २०८०

vianetvianet

महाशिवरात्री हिन्दुको एक विशेष पर्व हो ।शिवरात्रीमा श्रद्धालुहरु रातभर जागा रहेर भगवान शिवको आराधना गर्छन्, भजन गाउँछन् । कतिपय रातभर उपवास गर्छन् । शिवलिंगलाई पानी र बेलपत्र चढाएपछि मात्र आफ्नो उपवास चढाउँछ । महिलाका लागि शिवरात्रीको विशेष महत्व छ । अविवाहित युवती शिवको प्रर्थाना गर्छन् र असल पतिको कामना गर्छन् । विवाहित महिला आफ्ना पति र परिवारको मंगल कामना गर्छन् ।

धार्मिक मान्यता के छ भने, सृष्टिको प्रारम्भमा यसै दिन मध्यरात्रि भगवान शंकर ब्रम्हाबाट रुद्रको रुपमा अवतरण भएका थिए । प्रलयको बेलामा यसै दिन भगवान शिवले तान्डव नाच्दै ब्रम्हान्डलाई तेस्रो नेत्रबाट ज्वाला निकालेर समाप्त गरेका गरेका थिए । यसैले यस दिनलाई महाशिवरात्री वा कलरात्रि भनिन्छ ।

शिवरात्रीसँग केही पौराणिक कथा पनि जोडिएको छ ।

भगवान शिवको विवाह
भनिन्छ, यस दिन भगवान शिवको विवाह भएको थियो । तीन लोकमध्येकै अपार सुन्दरी तथा शीलवती गौरालाई अर्धाङ्गिनी बनाउने शिव प्रेत र पिचाशले घेरिएर रहेका हुन्थे । उनको रुप एकदम अजीब थियो । शरीरमा मसानको भस्म, गलामा सर्पको हार, कन्ठमा विष, जटामा जगत-तारिणी पावन गंगा तथा माथमा प्रलयंकार ज्वाला छ ।

समुद्र मन्थनको पौराणिक कथा
सबै पौराणिक कथामा नीलकन्ठको कथा सबैभन्दा चर्चित छ । मान्यता के छ भने महाशिवरात्रीको दिन नै समुन्द्र मन्थन गरिरहँदा कालकेतु विष निकालिएको थियो । भगवान शिवले सम्पूर्ण ब्रम्हान्डको रक्षाका लागि स्वयम्ले ति सबै विष पिएका थिए । त्यही क्रममा उनको कन्ठ वा गला नीलो भएको थियो । त्यसैले भगवान शिवलाई नीलकण्ड पनि भनिन्छ ।

National life insurance

भगवान शिवको प्रिय दिन
शिवरात्री त्यो रात्रि हो, जसमा शिवतत्वसँग घनिष्ठ सम्बन्ध छ । भगवान शिवको अतिप्रियरात्रिलाई शिवरात्री भनिन्छ । शिव पुराणको ईशान संहितामा बताएको छ कि, फागुन कृष्ण चतुर्दशीको रात्रिमा आदिदेव भगवान शिव करोडौं सूर्य समान प्रभाव भएको लिंगको रुपमा प्रकट भएका थिए ।

यस्तो मानिन्छ कि, महाशिवरात्रीमा भगवान मानवजातिको एकदम निकट आएका थिए । मध्यरात्रिको समय ईश्वर मनुष्यको सबैभन्दा बढी निकट हुन्छ । यही कारण मानिसहरु शिवरात्रीका दिन रातभर जग्राम बस्छन् ।

शिवलिंग पूजा सामाग्री
भगवान शिवको पूजामा अरु विशेष सामग्रीको आवश्यक्ता पर्दैन, केवल पानी र बेलपत्र भए पुग्छ ।

कल्पवृक्षको समान शिव आरधाना
शिवरात्रीको दिन शिव आराधनाको विशेष महत्व छ । शिवजीको आराधनामा जति महत्व अभिषेकको हुन्छ, उत्तिनै महत्व महामृत्युंजय मन्त्रको पनि । शिवजीको आराधना महामृत्यंजय मन्त्र बिना अपूर्ण हुने धार्मिक मान्यता छ ।

प्रकाशित: Mar 08, 2024| 09:06 शुक्रबार, फागुन २५, २०८०
प्रतिक्रिया दिनुहोस्