बिहीबार, चैत २६, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • कान्छाराम कन्स्ट्रक्सनको एक ट्रक र दुई भ्यान स्थानीयको नियन्त्रणमा

कान्छाराम कन्स्ट्रक्सनको एक ट्रक र दुई भ्यान स्थानीयको नियन्त्रणमा

 |  बिहीबार, फागुन २४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २४, २०८०

मोरङ- मोरङको पथरी शनिश्चरेमा स्थानीयले कान्छाराम कन्स्ट्रक्सनका कर्मचारी, क्रसरका सामानसहितको ट्रक र दुई वटा भ्यान नियन्त्रणमा लिएका थिए। 

National life

मनमोहन गन्धी मार्गको काम ढिलासुस्ती भएको र काम नगरी सामान उठाएर जान लागेको भन्दै स्थानीयले नियन्त्रणमा लिई प्रशासनलाई जिम्मा लगाएका थिए। स्थानीयले क्रसरका सामानसहितको ट्रक, कर्मचारी र दुई वटा भ्यानलाई पथरी शनिश्चरे नगरपालिका वडा नं १० कार्यालय र सशस्त्र प्रहरीको कार्यालय अगाडि नियन्त्रणमा लिएका थिए। कान्छाराम कन्स्ट्रक्सनका प्रतिनिधि दीपक थिङ तामाङले भोलि बिहानदेखि काम सुरु गर्ने मौखिक सहमति गरेपछि कर्मचारी र दुईवटा भ्यान छोडिएको छ। ट्रक भने सशस्त्र प्रहरीको निगरानीमा रहेको छ।  

स्थानीयले बाटो चाँडो बन्नुपर्ने माग राख्दै बाटो नबनेसम्म सवारी साधन नछोड्न प्रशासनलाई दबाब दिएका छन्। यसअघि मङ्सिर १४ मा स्थानीयले पथरी शनिश्चरेको तीन स्थानमा ढाट लगाएर बन्द गरेका थिए।  मनमोहन गन्धी मार्गको काम समयमै सम्पन्न नभएपछि स्थानीयले पटकपटक दबाब दिँदै आएका छन्।

कान्छाराम कन्स्ट्रक्सनले यात्रा गर्न सहज रहेको कालोपत्रे बाटो निर्माण गर्ने भन्दै भत्काएको थियो। हाल उक्त बाटो खाल्डाखुल्डीको समस्याले यात्रा गर्न कठिन रहेको छ। उता लामो समयदेखि स्थानीयले खाल्डाखुल्डीको समस्या मात्र हैन बर्खामा हिलो र गर्मीमा धुलोको समस्यासमेत भोग्नुपरेको छ।

चार वर्ष बित्दासमेत बाटो नबनेपछि पथरी शनिश्चरे ४ का वडाध्यक्ष लोककिरण न्यौपाने, ८ का नवीन कार्की र ९ का वीरबहादुर राईले बाटो चाँडो नबने बाटो बन्द गर्ने ध्यानार्कषण पत्रसमेत सार्वजनिक गरेका थिए। मङ्सिर १४ मा पथरी शनिश्चरे वडा नं ४, ८ र ९ का वडाध्यक्ष, ठेकेदार कम्पनीका प्रतिनिधि तामाङ, इलाका प्रहरी कार्यालय पथरी र स्थानीयले तीन घण्टा लामो छलफलपछि बाटो निर्माण काम सुरु गर्ने लिखित सम्झौतापछि बाटो खोलिएको थियो।

kumari

विसं २०८० कात्तिकमा म्याद थप गरे पनि काम सुरु नगरेपछि मङ्सिर १४ मा स्थानीयले बाटो अवरुद्घ गरेर सडक आन्दोलनमा उत्रिएका थिए। तीन वर्षमा काम सम्पन्न गर्ने गरी २०७६ कात्तिकमा कान्छाराम कन्स्ट्रक्सनले कामको जिम्मा लिएको थियो। रु एक अर्ब ५५ करोड ७३ लाखमा ठेक्का लिएको कान्छाराम कन्स्ट्रक्सन कम्पनीले सरकारले भुक्तानी नदिएका कारण निर्माण अघि बढ्न नसकेको बताउँदै आएको छ।

प्रकाशित: Mar 07, 2024| 18:01 बिहीबार, फागुन २४, २०८०
प्रतिक्रिया दिनुहोस्