बिहीबार, चैत २६, २०८२

कीर्तिपुर-१ का वडाध्यक्ष महर्जनको निधन

 |  बिहीबार, फागुन २४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २४, २०८०

काठमाडौं- काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नं १ का वडाध्यक्ष हिरालाल महर्जनको निधन भएको छ।

National life

लामो समयदेखि कलेजोको समस्याबाट पीडित ६१ वर्षीय महर्जनको गएराति ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको सो नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मीले जानकारी दिए।

महर्जन विस २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। उनका श्रीमति र दुई छोरा छन्।

वडाअध्यक्ष महर्जनको निधनमा आज कीर्तिपुर नगरपालिकामा शोक बिदा दिइएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बाँस्कोटाले महर्जनको निधनमा दुःख व्यक्त गरे।

उनको आजै कीर्तिपुरमा अन्त्येष्टि गरिएको छ। अन्त्येष्टिमा कांग्रेसका नेता, कार्यकर्ता तथा वडावासीको सहभागीता थियो।

kumari

प्रकाशित: Mar 07, 2024| 16:10 बिहीबार, फागुन २४, २०८०
प्रतिक्रिया दिनुहोस्