बिहीबार, चैत २६, २०८२

मुग्लिन-पोखरा सडक विस्तार: दमौलीका ५० घरधनीले बुझे मुआब्जा

 |  बिहीबार, फागुन २४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २४, २०८०

तनहुँ- मुग्लिन-पोखरा सडक विस्तारअन्तर्गत तनहुँ सदरमुकाम दमौलीका ५० घरधनीले पहिलो किस्ताबापतको मुआब्जा बुझेका छन्। सो क्षेत्रमा कुल ७० वटा घर भत्काउनुपर्नेछ। पहिलो किस्ता बापतको मुआब्जा बुझ्ने १३ घरधनीले आफैले घर भत्काउन सुरु गरेका छन्।

National life

पृथ्वीराजमार्ग सडकअन्तर्गत पूर्व र पश्चिम गरी दुई खण्डमा सडक विस्तार भइरहेको छ। हालको पूर्वी खण्डमा ५१ प्रतिशत र पश्चिम खण्डमा १७ दशमलव पाँच प्रतिशत भौतिक प्रगति भएको छ। डिजाइनअनुरुप सडक दायाँबायाँ २३/२३ मिटर चौडा हुनेछ। दमौली र डुम्रे बजार क्षेत्रमा छ लेनको सडक बन्नेछ। राजमार्गका क्षेत्रमा भने चार लेनको सडक बनाइनेछ।

आयोजनाको पूर्वी खण्डमा एकतर्फी ३२ किलोमिटर दुरीमा कालोपत्र गरिएको मुग्लिन-पोखराको पूर्वी खण्डका इञ्जिनियर विष्णु पाण्डेले जानकारी दिए। उक्त सडकअन्तर्गत चार लेनको बाह्र किमी र दुई लेनको आठ किमी सडक कालोपत्र गरिएको हो।

पूर्वी खण्डमा ४१ दशमलव सात किलोमिटर दुरी छ। पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ। पूर्वी खण्डका लागि छ अर्ब २१ करोड ३१ लाख १३ हजार रूपैयाँमा ठेक्का सम्झौता भएको हो। 

उक्त खण्डको सम्पन्न गर्नुपर्ने म्याद विसं २०८१ बैशाखसम्म रहेको छ। कोभिडको समयमा निर्माण स्थगित भएपछि नेपाल सरकारबाट छ महिना म्याद थप गर्ने प्रक्रियामा रहेको उनले बताए।

kumari

त्यसैगरी पश्चिम सडक खण्डअन्तर्गत दुई लेनको सडकमा साढे पाँच किमी दुरीमा अस्फाल्ट प्रविधिको कालोपत्र कार्य गरिएको छ। उक्त सडक खण्डअन्तर्गत तनहुँको जामुनेदेखि पोखराको सेतीपुलसम्म ३८ दशमलव ८८ किलोमिटर दुरी रहेको छ। उक्त खण्डमा सडक विस्तार तथा स्तरोन्नति कार्य चीनको यनहुइै काइयुन हाइवे एन्डब्रिज कम्पनीले ठेक्का पाएको छ।

पश्चिम खण्डका लागि सात अर्ब ४० करोड ४६ लाख ८१ हजार रूपैयाँमा ठेक्का सम्झौता भएको मुग्लिन-पोखरा सडक आयोजना (पश्चिम खण्ड) का इञ्जिनियर नारायण पौड्यालले जानकारी दिए। विसं २०७८ भदौदेखि काम सुरु भएको यस खण्डको काम २०८१ भदौ १२ मा सम्पन्न गर्नुपर्ने सम्झौता रहेको छ।

प्रकाशित: Mar 07, 2024| 21:31 बिहीबार, फागुन २४, २०८०
प्रतिक्रिया दिनुहोस्