बिहीबार, चैत २६, २०८२

देशभरका ९० प्रतिशत एम्बुलेन्स नवीकरण नगरी सञ्चालन

 |  बिहीबार, फागुन २४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २४, २०८०

चितवन- नेपालमा रहेका एम्बुलेन्समध्ये ९० प्रतिशतको नवीकरण हुन सकेको छैन। सरकारले ल्याएको एम्बुलेन्स सञ्चालन निर्देशिका, २०७८ अनुसार स्तरोन्नति हुन नसकेपछि एम्बुलेन्स नवीकरण हुन नसकेका हुन्।

National life

राष्ट्रिय एम्बुलेन्स निर्देशका, २०७८ मा ‘क’ र ‘ख’ वर्ग मात्रैको व्यवस्था गरेपछि विगतमा ‘ग’ वर्गबाट सञ्चालित एम्बुलेन्स नवीकरण हुन सकेका छैनन्। यसअघि कार्यान्वयनमा रहेको एकीकृत एम्बुलेन्स तथा पूर्वअस्पताल सेवा सञ्चालन निर्देशिका,२०७७ खारेज भएपछि तत्कालीन निर्देशिका अनुरुप सञ्चालनमा रहेका ग वर्गका एम्बुलेन्स नवीकरण हुन नसकेका हुन्।
 
संयुक्त एम्बुलेन्स चालक संघ नेपाल (ट्रेड युनियन महासंघ) का अध्यक्ष नवराज लामिछानेका अनुसार अहिले नेपालमा सञ्चालनमा रहेका छ हजार एम्बुलेन्समध्ये ९० प्रतिशत ग वर्गका छन्। आठ प्रतिशत 'ख' वर्ग र दुई प्रतिशत हाराहारी 'क' वर्गका रहेका उनले जानकारी दिए।

नयाँ निर्देशिका अनुसार ग वर्गको एम्बुलेन्सलाई बिरामी बोक्ने सवारी (प्यासेन्ट क्यारिङ भेइकल) का रुपमा मान्यता दिइएको अध्यक्ष लामिछानेले बताए। योसँगै हाल सञ्चालनमा रहेका ग वर्गका एम्बुलेन्स नवीकरण हुन नसकेका उनले जानकारी दिए।

सन् २०१० मोडलभन्दा पहिलाका एम्बुलेन्सको स्तरोन्नति नगरी नवीकरण गर्न नपाइने निर्देशिकामा उल्लेख छ। अध्यक्ष लामिछानेले भने, 'एम्बुलेन्सको स्तरोन्नतिका लागि ठाउँको अभाव हुँदा कतिपयले रङ मात्रै परिवर्तन गरेर काम गरिरहेका छन्।' निर्देशिकामा नै परिवर्तन नगरेसम्म समस्या समाधान नहुने उनको भनाइ छ। उनले भने, 'नवीकरण नहुँदा बीमामा समेत समस्या भएको छ। दुर्घटना हुँदा झन् ठूलो समसया हुने गरेको छ।'
 
दुर्घटनाका लागि केही सहजता होस् भनेर बीमा गरिएको भए पनि त्यतीले मात्रै समस्या समाधान नहुने अध्यक्ष लामिछानेको भनाइ छ। निर्देशिका संशोधनका लागि आफूहरुले संघीय स्वास्थ्य मन्त्रालयमा पटकपटक माग राखेको उनले बताए। अध्यक्ष लामिछानेले भने, 'केही दिनअघि मात्रै स्वास्थ्य मन्त्रालयमा १२ बुँदे माग राखेका छौँ।'

स्वास्थ्य मन्त्रालयले एम्बुलेन्स चालकको समस्या समाधान गरिदिनुपर्ने भन्दै पटकपटक मन्त्रालय र सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाएको भए पनि अहिलेसम्म माग सम्बोधन हुन नसकेको उनले बताए। उनले थपे, 'सबै कुरा बुझायो, सरकार परिवर्तन हुन्छ, फेरि सुरुबाट काम गर्नुपर्छ।'

kumari

सरकारले जारी गरेको निर्देशिकाले अस्पताल र रेडक्रसले मात्रै एम्बुलेन्स सञ्चालन गर्न पाउने भनेको भन्दै यसलाई समेत परिवर्तन गरिनुपर्ने अध्यक्ष लामिछानेको भनाइ छ।

उनले भने, 'यो निर्देशिकाले एम्बुलेन्स सञ्चालनमा ‘सिन्डिकेट’ लागु गरेको छ।' नयाँ आएका एम्बुलेन्सलाई स्तरोन्नति गरेर सञ्चालन गर्नुपर्ने र पुराना एम्बुलेन्सलाई यसै सञ्चालन गर्न दिनुपर्ने उनको माग छ। रासस

प्रकाशित: Mar 07, 2024| 19:01 बिहीबार, फागुन २४, २०८०
प्रतिक्रिया दिनुहोस्