शुक्रबार, भदौ १२, २०८३

त्रिशूलीमा बेपत्ता पाँच यात्रुमध्ये दुईको शव फेला

 |  बिहीबार, फागुन २४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २४, २०८०

त्रिशूलीमा बस दुर्घटना हुँदा बेपत्ता रहेकी एक जना महिलाको पनि शव फेला परेको छ। आज बिहीबार दिउँसो एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ। आज नै एक जना युवकको पनि शव फेला परेको थियो।

दुवैको सनाखत भने भएको छैन। बुधबार रूपन्देहीबाट काठमाडौं आउँदै गरेको सिद्धार्थ यातायातको लु २ ख २१२१ नम्बरको बस बिहान ४:४० बजे धादिङको गजुरी गाउँपालिका-५ घाटबेसीस्थित सडकबाट सय मिटर तल त्रिशूली नदीमा खसेको थियो।

दुर्घटनामा ७ जनाको घटनास्थलमै मृत्यु भएको थियो। आज थप दुई जनाको शव फेला परेको हो।

बस चालक रूपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका-९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Mar 07, 2024| 15:06 बिहीबार, फागुन २४, २०८०
प्रतिक्रिया दिनुहोस्