आइतबार, असार २२, २०८२

हत्या आरोपमा श्रीमान-श्रीमती पक्राउ

 |  शुक्रबार, फागुन १८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १८, २०८०

vianetvianet

नुवाकोट- नुवाकोटमा बस्दैआएका रसुवाको उत्तरगया गाउँपालिका–३ ठूलोगाउँका ७१ वर्षीय टेकप्रसाद भट्टको हत्यामा संलग्न रहेको अभियोगमा उनकी भतिजी र भतिजी ज्वाइँ पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रसुवाको कालिका गाउँपालिका–२ धैबुङका ४१ वर्षीय अनिल भुषाल र उनकी श्रीमती ३१ वर्षीया दिपा भट्ट रहेका जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए। दुवैजनालाई काठमाडौँबाट पक्राउ गरेर आज नुवाकोट ल्याइएको हो। उनीहरुलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्न आजै नुवाकोट जिल्ला अदालतबाट सात दिनको म्याद लिएको छ। 

हत्याको अभियोग लागेका अनिल र दिपालाई कर्तब्य ज्यान मुद्धाको अभियोगमा कारबाही गर्न अनुसन्धान अघि बढाएको प्रहरी उपरीक्षक थापाले बताउनुभयो। नुवाकोटको किस्पाङ गाउँपालिका–५ पोलोरोपाखा जङ्गलमा गत मङ्गलबार टेकप्रसाद मृत भेटिएका थिए। अनुसन्धानका क्रममा  रिसिइवीको कारण वृद्धको हत्यामा अनिल र दिपा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दम्पतीले घटनामा आफूहरुको संलग्नता रहेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।  

प्रकाशित: Mar 01, 2024| 21:31 शुक्रबार, फागुन १८, २०८०
प्रतिक्रिया दिनुहोस्