सोमबार, पुस १४, २०८२

प्रभावकारी बन्दै निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम

 |  बिहीबार, फागुन १७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १७, २०८०

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले लक्षित वर्गलाई सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ। नगरपालिकाले सहिद तथा बेपत्ता परिवार, जनयुद्ध तथा जनआन्दोलनका घाइते, ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका र दीर्घरोग लागेका व्यक्तिलाई लक्षित गरी स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको छ।

National life

नगरपालिकाले हालसम्म ‘ख’ वर्गका अपाङ्गता भएका दुई सय ५०, दीर्घरोगी ४०, सहिद तथा बेपत्ता परिवार ७१, जनयुद्ध तथा जनआन्दोलनका घाइते २९, महिला स्वास्थ्य स्वयंसेविका ७८ र वृद्धाश्रमका पाँच जना गरी चार सय ६१ जनाको स्वास्थ्य बीमा गरेको नगर उपप्रमुख सीता थापाले जानकारी दिए।

स्वास्थ्य बीमा कार्यक्रम सुरु भएपछि उत्साहजनकरूपमा लक्षित वर्गभित्र पर्ने नागरिक  बीमामा आबद्ध भएको नगरप्रमुख कृष्णप्रसाद सापकोटा बताउँछन्। उनले नागरिकको स्वास्थ्योपचारमा स्थानीय सरकारले आफ्नो नीति कार्यक्रमबाट समेत सहयोग गर्दै आएको बताए।

स्वास्थ्य बीमा गर्दा नियमितरूपमा औषधि सेवन गर्नुपर्ने तथा बिरामी भएको खण्डमा उपचार गर्न आउँदा रु एक लाखसम्मको उपचार गर्न पाउने हुँदा कार्यक्रम प्रभावकारी बनेको नगरपालिका-५ स्वास्थ्य बीमा कार्यक्रमका दर्ता सहयोगी गमली गुरुङ बताउँछन्। उनका अनुसार बीमा गर्न भ्याइनभ्याइ भएको छ।

ऋण खोजेर भए पनि पैसा बोकेर अस्पताल जानुपर्छ भन्ने स्थानीयहरू अहिले बीमाको कार्ड बोकेर अस्पताल गए उपचार पाइन्छ भन्ने अवस्थामा पुगेको नगरापालिका स्वास्थ्य संयोजक शिव पुरीको अनुभव छ।

Laxmi sunrise bank
kumari

नगरपालिकाका नागरिकले अस्पतालमा प्रसूति सेवा लिन जाँदासमेत बीमा कार्ड अनिवार्य बोक्ने गरेका छन्। ‘सुत्केरी गराउन अस्पताल लगेको धेरै दिन अस्पताल राख्दा अलिक बढी खर्च होलाजस्तो भएको थियो। पछि बीमाको कार्ड देखाएपछि त्यसैले काम गर्‍यो’, चौतारा साँगाचोकगढी नगरपालिकाका वडा नं ३ का मिलन लामाले भने,  ‘जम्मा तीन हजार पाँच सय तिरेर बीमा गरेको त्यो पनि हराउला भन्ने लाग्थ्यो, उपचारमा त निकै सहयोग पो हुँदो रहेछ त।’

प्रकाशित: Feb 29, 2024| 19:31 बिहीबार, फागुन १७, २०८०
प्रतिक्रिया दिनुहोस्