बिहीबार, चैत २६, २०८२

अफ्रिकन स्वाइन फिबरबाट बंगुर बचाउन उच्च सतर्कता

 |  सोमबार, फागुन १४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १४, २०८०

चितवन- बङ्गुरलाई अफ्रिकन स्वाइन फिबरबाट बचाउनका लागि उच्च सतर्कता अपनाउन किसानलाई आग्रह गरिएको छ।

National life

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्रले जिल्लामा बङ्गुर पाल्दै आएका कृषकलाई सो रोग लाग्न नदिन उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।

कार्यालयका अधिकृत दीपचन्द्र घिमिरेका अनुसार जिल्लामा यो रोग फैलन नदिन  नाकाहरुमा कडाइ गरिएको छ। 

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको सङ्क्रमण रोग नियन्त्रण समितिले परिपत्र गरेर जिल्लाका कुनै पनि नाकाबाट बङ्गुर र सोसँग सम्बन्धित अन्य पदार्थ भित्रन नदिन निर्देशन गरेअनुसार सबै नाकामा कडाइका साथ जाँच गरिएको उनको भनाइ थियो। 

अधिकृत घिमिरेले भने, “अहिलेसम्म जिल्लामा यो रोग देखिएको छैन। उच्च सतर्कता अपनाउन सके बचाउन सकिन्छ।” अहिले जिल्लाका केही फार्ममा क्लासिकल स्वाइन फिवर देखिए पनि अन्य रोग नदेखिएको र यो रोग भने निवारण गर्न सकिने उनले जानकारी दिए।

kumari

इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकाका केही फार्महरुमा क्लासिकल स्वाइन फिवरको सङ्क्रमण देखिएको छ।

बङ्गुर पाल्ने कृषकसँगको छलफलमा यो रोगबाट बच्नका लागि बङ्गुरलाई खोरमा थुनेर पाल्ने, खोरमा अनावश्यक मानिसको आवतजावत रोक्ने, फार्ममा जैविक सुरक्षा विधि अवलम्बन गर्नेजस्ता उपाय अपनाउन कार्यालयले आग्रह गरेको अधिकृत घिमिरेले बताए। 

बाहिरको बथानबाट नयाँ बङ्गुर ल्याएमा सिधैँ फार्ममा रहेका बङ्गुरसँग नमिसाइ २१ दिनसम्म क्वारेन्टाइनमा राख्ने र रोग नदेखिएमा मात्र बथानमा मिसाउने, बङ्गुरको खोर तथा फार्म वरिपरि नियमित चुना, फिनेल, फर्मालिन, ब्लिचिङ पाउडर आदिले निःसङ्क्रमण गर्नुपर्ने हुन्छ।

यो रोग फ्लु भाइरसका कारण लाग्ने भएकाले उच्च सतर्कता र निगरानी बढाउन किसानमा कार्यालयले अनुरोध गरेको हो। यो रोग नेपालमा पहिलो पटक विसं २०७९ जेठ २ गते पुष्टि भएको थियो।

गत वर्ष जिल्लामा अफ्रिकन स्वाइन फिबरबाट ठूलो क्षति भएपछि अहिले सुरुवाती समयमै सावधान अपनाउन अनुरोध गरिएको हो। गत वर्ष यहाँका नौ वटा कृषि फार्मका बङ्गुर यस रोगबाट मरेका थिए।

घरपालुवा सुँगुर, बँदेल, बङ्गुर प्रजातिमा अफ्रिकन स्वाइन फिवरको भाइरसले सङ्क्रमण गरेर गत वर्ष धेरै यस्ता पशुको मृत्यु भएको थियो।

यो रोग सङ्क्रमित सुँगुर र बङ्गुरबीच प्रत्यक्ष सम्पर्कबाट, रोगी बङ्गुरको र्‍याल, मलमुत्र, रगत, मासु र लसपस भएको दानापानीबाट, त्यस्ता बिरामी बङ्गुरको ओसारपसार वा किनबेच गर्दा, सङ्क्रमण भएको खोरमा काम गर्ने कामदार वा  सङ्क्रमण भएको खोरमा गएको मानिसले प्रयोग गरेको लुगाकपडा, जुत्ताचप्पल आदिको प्रयोगबाट पनि सर्ने गर्दछ।

यो रोग लागेका बङ्गुरहरु एकै ठाउँमा थुप्रिएर बस्ने, शरीरमा निला डाम देखापर्ने, कानका टुप्पामा रगत जमेका धब्बा देखिने, नाकबाट फिँज निकाल्ने, उच्च ज्वरो ( १०४ देखि १०७ डिग्री फरेनहाइट) आउने, कान, पुच्छर र पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, झोक्राउने, दानापानी खान छोड्ने, बान्ता गर्ने, छटपटाउने, धरमराउने र बच्चा तुहिनेजस्ता लक्षण देखा पर्दछ।

प्रकाशित: Feb 26, 2024| 18:31 सोमबार, फागुन १४, २०८०
प्रतिक्रिया दिनुहोस्