सोमबार, मंसिर २९, २०८२

राप्ती सफाइमा जुटे युवा

प्लास्टिकका थैला, फूलमालालगायत अन्य फोहरजन्य कच्चा पदार्थले नदीलाई कुरुप बनाएको भन्दै युवा नदी क्षेत्रको सरसफाइमा जुटेका हुन् । 
 |  आइतबार, माघ ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, माघ ७, २०८०

जानकी (बाँके)- बाँकेको राप्ती नदी आसपासमा फोहर बढेको भन्दै स्थानीय युवा सरसफाइमा जुटेका छन् ।

National life

राप्ती नदीमा तीर्थालुद्वारा पूजापश्चात् फ्याँकिएका प्लाटिकका थैला, फूलमालालगायत अन्य फोहरजन्य कच्चा पदार्थले नदीलाई कुरुप बनाएको भन्दै युवा नदी क्षेत्रको सरसफाइमा जुटेका हुन् । 

वरपर देखिने फोहरले नदीलाई कुरुप बनाएको भन्दै यहाँका युवाले नदी वरपरको वातावरण स्वच्छ र स्वस्थ राख्न सरसफाइ गर्ने गरेका छन् । ‘ग्रीन नेपालगञ्ज क्लिन नेपालगञ्ज’का युवाले नदी सरसफाइका लागि अभियान बनाएर काम गरिरहेका अभियानका प्रमुख डा विनोद कर्णले बताए।

ग्रीन नेपालगञ्ज क्लिन नेपालगञ्जका संस्थापक अध्यक्षसमेत रहेका कर्णले यस वर्षको दसैँ तिहारलगायतका विभिन्न चाडपर्वका अवसरमा नदीमा मूर्ति विर्सजन गर्दा भएको फोहर व्यवस्थापनका लागि युवाले सरसफाइ गरेको बताए। “हाम्रो अभियान भनेको नेपालगञ्जलाई स्वच्छ र स्वस्थ राख्ने हो । पर्यटकीय हिसाबले राप्ती नदी पनि नेपालगञ्जको एक महत्वपूर्णस्थल भएकाले हामीले नदी वरपरको फोहरलाई व्यवस्थापन गरी सफा राख्ने प्रयास गरेका हौँ”, उनले भने।

नदी वरपर फ्याँकिएको फोहर उठाएर नदीलाई सफा बनाउन फागुनको पहिलो हप्तासम्म सरसफाइलाई निरन्तरता दिइने कर्णले बताए । “यहाँ दसैँदेखिको फोहर उठाइएको छैन । यहाँ देखिएजति सबै फोहर उठाउनुपर्नेछ । माघ पूरै जाग्छ । फागुनको पहिलो हप्तासम्म सङ्कलन भएको फोहर फोहर व्यवस्थापन गरी सक्छौँ ।” अभियानअन्तर्गत नदी सरसफाइ पनि एउटा मुख्य काम भएको अभियन्ता उनले बताए।

Laxmi sunrise bank
kumari

अभियानमा विमल प्रधान, महेश श्रेष्ठ, काशिम सिद्धिकी, किशोर केसी, उमेश शाह, नकुल खत्रीलगायत युवाको सहभागिता छ । अभियन्ता विमल प्रधानले नेपालगञ्जको पहिचानसँग जोडिएको राप्ती नदी सरसफाइ यहाँका युवाको जिम्मेवारी भएको बताए । “राप्ती नदी धार्मिकस्थलका रुपमा मात्र नभई आन्तरिक पर्यटकसँग पनि जोडिएकाले यसको सरसफाइमा हामीले ध्यान दिनैपर्छ”, उनले भने, “नदी वरपरको फोहर व्यवस्थापन गर्नु सजिलो छैन ।” 

बाँकेको डुडुवा र राप्तीसोनारी गाउँपालिकालाई जोड्ने उक्त नदीमा विशेष गरी पूजाआजा र दाहसंस्कारका लागि मानिस जाने गर्दछन् । नदीको बीच भागबाट वारिपट्टि डुडुवा–४ र ५ मा पर्ने उक्त नदी छेउमा तीर्थ, व्रत गर्नेको भीड लाग्ने गर्दछ । गर्मीको समयमा आन्तरिक पर्यटक नदीमा पौडी खेल्न जाने गर्दछन् । 
 

प्रकाशित: Jan 21, 2024| 07:28 आइतबार, माघ ७, २०८०
प्रतिक्रिया दिनुहोस्