शनिबार, असार १३, २०८३

बंगलादेशमा भेटियो कोभिड-१९ को जेएन १ भेरियन्ट

 |  शुक्रबार, माघ ५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ५, २०८०

ढाका– बंगलादेश सरकारले बिहीबार कोरोनाभाइरसको नयाँ भेरियन्ट जेएन १ को पहिचान भएको पुष्टि गरेको छ।

National life

जेएन १ प्रजाती कोभिड–१९ का बिरामीहरूमा फेला परेको थियो। कोभिड–१९ को जेएन १ प्रजातीबारे बङ्गलादेमा हालसम्म कुनै रेकर्ड नभएको यहाँको महामारी विज्ञान, रोग नियन्त्रण र अनुसन्धान संस्थान (आईईडीसीआर) का निर्देशक तहमिना सिरिनले पत्रकारहरूलाई बताएका छन्।

यस  सन्दर्भमा स्वास्थ्य मन्त्रालय अन्तर्गत बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालय (डिजिएचएस) ले बिहीबार सूचना जारी गरी अधिकारीहरूलाई पहिलो, दोस्रो र बूस्टर डोजका लागि कोभिड–१९ खोप कार्यक्रम पुनः सुरु गर्न निर्देशन दिएको छ।

बङ्गलादेश सरकारले अर्को वर्षसम्ममा कोभिड–१९ खोपको २५ करोड डोज लगाउने योजना बनाएको एक वरिष्ठ अधिकारीले बताएका छन्। बंगलादेशको स्वास्थ्य सेवा विभागका सचिव जहाँगीर आलमले खोपहरूमध्ये आधा यस वर्ष चौथो डोजको रूपमा दिइने र बाँकी २०२५ मा दिइने सञ्चारकर्मीहरूलाई बताए।

अधिकारीका अनुसार नयाँ खोप अभियानले कोभिड–१९ को जेएन १ भेरियन्टको उदयको चिन्तालाई ध्यानमा राख्दै  अग्रपङ्तिका कामदार र स्वास्थ्य कमजोरी भएका व्यक्तिहरूलाई प्राथमिकता दिनेछ।

Shivam cement

गत महिना, विश्व स्वास्थ्य संगठनले जेएन १ प्रजातिलाई छुट्टै संस्करणको रूपमा वर्गीकृत गर्दै विश्वव्यापी रूपमा द्रुत गतिमा फैलिरहेको बताएको छ। 
 

प्रकाशित: Jan 19, 2024| 18:30 शुक्रबार, माघ ५, २०८०
प्रतिक्रिया दिनुहोस्