बुधबार, भदौ १७, २०८३

दुई करोड नगदसहित हुण्डी र क्रिप्टो कारोबारी अग्रवाल पक्राउ

 |  शुक्रबार, माघ ५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ५, २०८०

काठमाडौं- हुण्डी र क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा नरेश अग्रवालसहित ३ जना पक्राउ परेका छन्। अग्रवाललाई काठमाडौंको क्षेत्रपाटी र अन्य दुई जनालाई न्युरोडबाट पक्राउ गरिएको हो।
 
अग्रवालको समूहले हुण्डी र क्रिप्टोकरेन्सीको कारोबार गर्दै आएको सूचना आएपछि राजस्व अनुसन्धान विभागबाट खटिएको टोलीले पक्राउ गरेको हो। उनीहरुको साथबाट २ करोडभन्दा बढी नेपाली रूपैयाँ र तीन हजार अमेरिकी डलर बरामद भएको छ।

अग्रवालले क्षेत्रपाटीमा कपडा पसल चलाउँदै आएका थिए। उनी सुनको अवैध कारोबारमा समेत संलग्न रहेको आशंका छ। बिहीबार पक्राउ परेका बाँकी दुई जनाको भने परिचय खुलाइएको छैन।

प्रकाशित: Jan 19, 2024| 10:44 शुक्रबार, माघ ५, २०८०
प्रतिक्रिया दिनुहोस्