काठमाडौं- शुभश्री कलेज अफ म्यानेजमेन्ट कम्युनिटी क्लबले दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका लागि पुस्तक उपलब्ध गराउन नगद सहयोग गरेको छ। यु डब्लु एस नेपाल र किताब बजारसँगको सहकार्यमा क्लबले सहयोग गरेको हो।
बुधबार मध्य बानेश्वरस्थित कलेजमा आयोजित कार्यक्रममा विद्यार्थीहरुले संकलन गरेको रकम यु डब्लु एस र किताब बजारका प्रतिनिधिलाई हस्तान्तरण गरियो।
कार्यक्रममा एससीएम कम्युनिटी क्लबकी अध्यक्ष सुप्रिया राजभण्डारी लगायतका क्लबमा आवद्ध विद्यार्थीहरुले सहयोग रकम (रु. १३,६००) यु डब्लु एस नेपालका प्रतिनिधि सविन रिमाल र सम्पदा उप्रेती तथा किताब बजारका प्रतिनिधि प्रिनिषा वैद्य र अमर शाहीलाई हस्तान्तरण गरेका थिए।
कार्यक्रममा कलेजकी प्रिन्सिपल मनिता ओलीले विद्यार्थीहरुकै अग्रसरतामा यो राम्रो काम भएको भन्दै यसका लागि आफूले व्यक्तिगत रुपमा र कलेजले पनि प्रोत्साहन गरिरहने बताइन्।
एससीएम कम्युनिटी क्लबले यसअघि रक्तदान, स्वास्थ्य शिविर तथा पशुपति क्षेत्रमा सरसफाइ कार्यक्रम गरेको थियो।
ब्याचलर्स इन होटल मेनेजमेन्ट बीएचएम र ब्याचलर्स अफ बिजनेश एडमिनिस्ट्रेशन बीबीएमा अध्यापन गराउँदै आएको शुभश्री कलेज पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त छ।
शुभश्रीमा ब्याचलर्स अफ कम्प्युटर इन्फरमेशन सिष्टम र माष्टर्स अफ बिजनेश एडमिनिष्ट्रेसनको पनि अध्ययन हुन्छ। डी.भी.एजुकेशन नेटवर्कको भगिनी संस्था शुभश्रीले व्यसायिकतामा नयाँ आयाम ल्याउन आफ्नो शिक्षण पद्धतिमा आमुल परिवर्तन ल्याएको छ। शुभश्रीले उत्कृष्ट पूर्वाधार, नवीनता, सीपमा आधारित ज्ञान र भविष्यमा जब प्लेसमेन्टसहित सिकाइको अनुकूल वातावरण प्रदान गर्दछ।
होटल मेनेजमन्ट अध्यापनको क्षेत्रमा लामो अनुभव बटुलेका प्राध्यापकबाट अध्यापन हुँदै आएको यो कलेजले प्रयोगात्मक कक्षामा बिशेष जोड दिंदै आएको छ।