बुधबार, पुस २, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • काभ्रेमा १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

काभ्रेमा १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

 |  मंगलबार, माघ २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २, २०८०

काठमाडौं- काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ७ शिखरपुरको झाडीमा एक युवतीमाथि सामुहिक बलात्कार भएको छ।

National life

भाडमा बस्दै आएकी १९ वर्षीया युवतीलाई सोही स्थानमा डेरा गरी बस्ने युवाहरुले गत पुस २७ गते साँझको समयमा बलात्कार गरेका प्रहरीको दाबी छ।

युवतीलाई बलात्कार गरेको अभियोगमा चार युवालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार पक्राउ पर्नेहरुमा उदयपुर ताप्ली गाउँपालिका वडा नम्बर ८ घर भई पाँचखाल वडा नम्बर ७ भाडामा बस्दै आएका २८ वर्षीय धिरज हमाल, भोजपुर षढानन्द गाउँपालिका वडा नम्बर ८ घर भई सोही स्थानमा बस्दै आएका घनश्याम श्रेष्ठ, धनकुटा जिल्ला महालक्ष्मी नगरपालिका वडा नम्बर ४ घर भई पाँचखाल ७ बस्ने १९ वर्षका अमर विक र सोही स्थानमा काम गरी बस्ने १७ वर्षीय बालक छन्।

चार जनाले जंगलमा लगेर मुख थुनेर सामूहिक रुपमा जर्बजस्ती करणी गरेको पीडितले बताएकी छन्। बलात्कार पछि आत्महत्याको प्रयास गरेकी युवतीलाई स्थानीयको सहयोगमा पाँचखाल प्रहरी चौकीले  उद्धार गरेको थियो।

प्रहरीले उद्धार गरेपछि उनले आफू बलात्कारमा परेको र पीडा सहन नसकेर आत्महत्याको प्रयास गरेको बताएको जिल्ला प्रहरी कार्यालयका प्रमुख भाग्यन्द्र पुरुष ढकालले जानकारी दिए। पक्राउ परेकाहरुलाई ७ दिनको म्याद थपेर अनुसन्धान भइरहेको पनि उनले बताए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 16, 2024| 18:25 मंगलबार, माघ २, २०८०
प्रतिक्रिया दिनुहोस्