शुक्रबार, साउन २, २०८२

चितवनमा दश महिनापछि देखियो कोरोना

 |  मंगलबार, माघ २, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २, २०८०

vianetvianet

चितवन- चितवनमा १० महिनापछि कोरोना सङ्क्रमण देखिएको छ।  भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार आइतबार र आज गरिएका छुट्टाछुट्टै परीक्षणमा २९ वर्षे र ६६ वर्षे पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो। 

निमोनियाका कारण उपचारका लागि अस्पताल आउनुभएका वृद्धको कोरोना परीक्षणका क्रममा सङ्क्रमण पुष्टी भएपछि उनलाई अस्पतालमै राखी उपचार सुरु गरिएको सूचना अधिकारी पौडेलले बताए।  साथै २९ वर्षे पुरुषलाई होम आइसोलेसनमा राखिएको उनको भनाइ छ। 

जिल्लामा १० महिनापछि पुनः कोरोनाको सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिए। जिल्लामा पछिल्लो पटक गत चैतमा कोरोना सङ्क्रमण देखिएको थियो। 

कोरोना सङ्क्रमण देखिएपछि स्वास्थ्य कार्यालय चितवनले सबैलाई सतर्कता अपनाउनका लागि अनुरोध गरेको छ। कार्यालयले कोरोना सङ्क्रमणबाट बच्न सामाजिक दुरी कायम गर्ने, माक्सको प्रयोग गर्ने, साबुन पानीले हात धुन सुझाव दिएको छ। 

प्रकाशित: Jan 16, 2024| 18:45 मंगलबार, माघ २, २०८०
प्रतिक्रिया दिनुहोस्