शुक्रबार, साउन २, २०८२

रुस-युक्रेन युद्धमा मृत्यु हुने नेपालीको संख्या ११ पुग्‍यो 

 |  मंगलबार, माघ २, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २, २०८०

vianetvianet

काठमाडौं- रुसी सेनामा भर्ती भएका लमजुङको दुधपोखरी गाउँपालिका-१, घमारचोकका ३२ वर्षीय साजन गुरुङको मृत्यु भएको छ। उनीसँगै रुस-युक्रेन युद्धमा मारिने नेपालीको संख्या ११ पुगेको छ। 

मृतक साजनका बुबा श्रीमान गुरुङका अनुसार पुस १६ गते राति ८–९ बजेतिर अन्तिम भिडियो कल भएको र त्यसपछि सम्पर्क हुन नसकेकोमा एकाएक सामाजिक सञ्जालमा आफ्नो छोराको मृत्यु भएको खबर सार्वजनिक भएको बताए। रुसी सेनामा भर्ना भएका उनका साथीहरूले जर्मनमा रहेका साजनका भाइ कुमारलाई खबर पठाएपछि कुमारले गाउँमा साजनको मृत्यु भएको खबर पठाएका थिए। 

रोजगारीका लागि असोज २ गते माल्टा जान्छु भनी गएका साजन रुसी सेनामा पुगेको परिवारलाई पछिमात्रै थाह भएको श्रीमान गुरुङले बताए। यसअघि रुसी सेनामा भर्ना भएका १० नेपालीको मृत्यु भएको थियो। 

यसअघि मृत्यु हुनेमा प्युठान नगरपालिका वडा नं. ४ काठेवर निवासी सोनु सुनार, स्याङ्जाका हरि अर्याल, धादिङका राजकुमार गिरी र कैलालीका भरतबहादुर शाह, गोर्खाका सन्दीप थपलिया, वाणगंगा– १ कपिलवस्तुका रूपक कार्की, कास्कीका देवान राई, पुतलीबजार स्याङ्जाका पितम कार्की, मेलुङ गोरखाका राजकुमार रोका र इलामका गंगाराज मोक्तान रहेका छन्। 

नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउनसमेत नेपाल सरकारले रुसी सरकारलाई अनुरोध गरेको परराष्ट्रले जनाएको छ।

परराष्ट्रका अनुसार रुसी सेनामा भर्ना भएका विवेक खत्री हाल युक्रेनमा बन्दी अवस्थामा छन्। उनलाई  नेपाल फिर्ता गर्ने सम्बन्धमा समेत कूटनीतिक पहल भइरहेको परराष्ट्रले जनाएको छ।

प्रकाशित: Jan 16, 2024| 18:00 मंगलबार, माघ २, २०८०
प्रतिक्रिया दिनुहोस्