शुक्रबार, साउन २, २०८२

जंगली बँदेलको आक्रमणबाट डोटीमा एक महिलाको मृत्यु

 |  मंगलबार, माघ २, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २, २०८०

vianetvianet

डोटी- डोटीमा जंगली बँदेलको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। केआइसिंह गाउँपालिका-१ की ३५ वर्षीया जगुलीदेवी भुलको बँदेलको आक्रमणबाट आज मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सीताराम विष्टका अनुसार बँदेलको आक्रमणबाट  गर्दा घाइते भएकी जगुलीको उपचारको क्रममा जिल्ला अस्पताल डोटीमा मृत्यु भएको हो। 

आज बिहान नजिकै घाँस काट्ने क्रममा बँदेलले आक्रमण गर्दा जगुलीसहित सोही ठाउँका ७२ वर्षीया भगी भुल घाइते भएका थिए। भुलको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोमा चोट लागेको जनाइएको छ। 

प्रकाशित: Jan 16, 2024| 16:05 मंगलबार, माघ २, २०८०
प्रतिक्रिया दिनुहोस्