शनिबार, असार १३, २०८३

श्रीमतीको हत्या गरेर भागेका दवाडी २१ वर्षपछि पक्राउ

 |  मंगलबार, माघ २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २, २०८०
National life
Shivam cement

काठमाडौं- सर्वश्वसहित जन्मकैद सजाय पाएर फरार भएका अभियुक्तलाई प्रहरीले २१ वर्षपछि पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी)को टोलीले धादिङको ज्वालामुखी गाउँपालिका-१ का ७० वर्षीय सूर्यबहादुर दवाडीलाई पक्राउ गरेको हो। उनलाई विशेष सूचनाको आधारमा माघ १ गते रुपन्देहीको बेलहियाबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ।

पक्राउ परेका उनलाई  कैद भुक्तानको लागि केन्द्रीय कारागार जगनाथदेवल पठाइएको छ। दवाडीले २०५० साल फागुन २८ गते श्रीमती सानुमाया दवाडीलाई कुटपिट गरी नाम्लोले घाँटी कसेर हत्या गरेका थिए। उनीविरूद्ध धादिङ जिल्ला अदालतले हत्या अभियोगमा २०६१ साल जेठ ५ गते जन्मकैदको सजाय सुनाएपछि उनी फरार भएका थिए।

प्रकाशित: Jan 16, 2024| 15:33 मंगलबार, माघ २, २०८०
प्रतिक्रिया दिनुहोस्