बुधबार, पुस २, २०८२

एलओडी क्लब 'डिजे म्याग टप १००' को नोमिनेसनमा

 |  मंगलबार, माघ २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २, २०८०

काठमाडौं- ठमेलस्थित ‘एलओडी’ क्लब ‘डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको छ। युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२४ को क्लब क्याम्पियनमा एलओडी पुन: परेको हो।

National life

म्यागमा विश्‍वभरका सय उत्कृष्ट डिजे क्लब रहने गर्छन्। डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ। टप १०० क्लबको सूचीमा पर्न एलओडीले भोट गर्न अपिल गरेको छ।

तल देखिएको फोटोलाई स्कयान गरेर भोट गर्न सकिने एलओडीले जनाएको छ।​ एलओडीका अनुसार डिजे म्यागको वेभ साइटमा जानुपर्छ। त्यसपश्चात बेलायतको झण्डामा क्लिक गर्नुपर्छ। मत गर्नका लागि पुनः फेसबुक वा गुगलको अप्सन आउँछ।

डिजे म्यागको १०० क्लब आएपछि तल पट्टिको भागमा ’इट्स कुल लेट्स गो’ मा क्लिक गर्नुपर्छ। प्रयोगकर्ताले फेरि आफ्नो देशको नाम, सहर साथै नामसहित सबै उल्लेख गर्ने अप्सन प्राप्त गर्छन्। अन्त्यमा पुनः अर्को अप्सनमा क्लबको सबै चरणमा एलओडीको क्लब लेख्दै काठमाडौँ सहरको नाम उल्लेख गर्नुपर्नेछ। एलओडी डिजे म्याग टप १०० को छनौटका लागि नोमिनेशनमा पर्दा नेपालको नाम सँगसँगै जोडिने भएकाले गर्वको अनुभूति भइरहेको क्लबका निर्देशक भुपेन कुँवरले बताए।

एलओडी क्लब यसअघि विश्वकै ५२ र ४९ औँ स्थानमा परिसकेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 16, 2024| 15:30 मंगलबार, माघ २, २०८०
प्रतिक्रिया दिनुहोस्