बुधबार, पुस २, २०८२

प्रधानमन्त्री प्रचण्डको सचिवालयबाट हटाइए १३ कर्मचारी

 |  मंगलबार, माघ २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो सचिवालयबाट १३ जनालाई हटाएका छन्। उनीहरूलाई माघ १ गतेदेखि लागू हुने गरी हटाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

National life

प्रधानमन्त्रीको सचिवालयले स्वकीय सहसचिव रहेका नारायणप्रसाद ढुंगाना र स्वकीय उपसचिव रमेशप्रसाद गुरागाईंलाई बिदा गरेको छ। त्यस्तै स्वकीय उपसचिव ओमकुमारी पौडेल, स्वकीय उपसचिवकै भूमिकामा रहेकी सावित्रीकुमारी अधिकारी पनि हटाइएकी छिन्।

स्वकीय उपसचिव कलबहादुर नाथ, स्वकीय शाखा अधिकृत लाले कुमल, प्रशासन सहायक युवराज शाह पनि हटाइएका छन्। यसैगरी प्रशासन सहायक रामलाल पराजुली, कम्प्युटर सहायक बासुदेव शर्मा कम्प्युटर सहायक, कम्प्युटर सहयोगी खड्क योगी, कार्यलय सहायक अविनाश वाइवा, हलुका सवारी चालकद्वय रमेशप्रसाद घिमिरे पवित्रबहादुर शाहीलाई बिदा गरिएको छ।

प्रधानमन्त्रीले मन्त्रिपरिषद् कार्यालयमा रहेका कर्मचारी कटौती गर्नेसँगै आफ्नो सचिवालय पनि सानो आकारको बनाउने बताएका थिए। त्यसअनुसार सचिवालयका १३ जना कर्मचारी कटौतीमा परेका हुन्।

प्रधानमन्त्रीको सचिवालयमा ५२ जनाको दरबन्दी रहेको छ, जसमध्ये प्रधानमन्त्रीले ३५ जनालाई सचिवालयमा नियुक्ति दिएका थिए।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Jan 16, 2024| 14:28 मंगलबार, माघ २, २०८०
प्रतिक्रिया दिनुहोस्