शुक्रबार, साउन २, २०८२

टुँडिखेलका घाइतेमध्ये १५ जना डिस्चार्ज

 |  मंगलबार, माघ २, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २, २०८०

vianetvianet

काठमाडौं- सोमबार दिउँसो काठमाडौंको टुँडिखेलमा माघी मनाउन गएकाहरूबीच भागदौडमा परेर घाइते भएका १६ मध्ये १५ जना उपचारपछि घर फर्किएका छन् । एकजनाको भने राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

टुँडिखेलमा माघेसंक्रान्तिका अवसरमा मगर र थारू समुदायले आयोजना गरेको अलग–अलग कार्यक्रममा सर्वसाधारणको अत्यधिक भिडका कारण चेपिएर १६ जना घाइते हुन पुगेका र उपचारपछि १५ जना घर फर्किएका काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोद ढुंगेलले जानकारी दिए।

उनले भने, ‘सोमबार दिउँसो टुँडिखेलमा ठूलो संख्यामा थारू र मगर समुदाय भेला भएका थिए, अत्यधिक भिड हुँदा ठेलमठेलमा परेर १६ जना घाइते भएकामा उचारपछि १५ जना ‘डिस्चार्ज’ भएका छन्। एकजना उदयपुर रौतामाई गाउँपालिका– ८ घर भई हाल काठमाडौं मनमैजु बस्ने १४ वर्षीया करिश्मा मगरको भने राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।’

प्रकाशित: Jan 16, 2024| 14:14 मंगलबार, माघ २, २०८०
प्रतिक्रिया दिनुहोस्