शुक्रबार, साउन २, २०८२

निगमको 'वाइड बडी' जहाज 'ग्राउण्डेड', दोहा उड्ने यात्रु अलपत्र

 |  मंगलबार, माघ २, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २, २०८०

vianetvianet

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाजमा प्राविधिक समस्या आएका कारण ‘ग्राउण्डेड’ भएको छ। जहाज ग्राण्डेड भएसँगै दोहा गन्तव्यमा उड्ने तयारीमा रहेका यात्रु अलपत्र परेका छन्। निगमका प्रवक्ता रमेश पौडेलका अनुसार वाइडबडी जहाजको फ्लाइट कन्ट्रोल सेन्सरमा समस्या आएपछि उडान रोक्नु परेको हो। 

ग्राउण्डेड जहाजको अहिले प्राविधिक मर्मत भइरहेको छ। रोकिएका यात्रुलाई आज साँझ वैकल्पिक उडानमार्फत गन्तव्यमा पठाइने उनले जानकारी दिए। ‘हिजो राति दोहा उडानका यात्रु जहाजमा प्राविधिक समस्याका कारण रोकिएका थिए। यात्रुहरुलाई आज साँझ ७:४५ बजेको उडानमार्फत गन्तव्य लैजाने तयारी गरिएको छ। यात्रुलाई दिउँसो ४ बजे विमानस्थलको समय दिइएको छ’, प्रवक्ता पौडेलले भने।

निगमको अन्तर्राष्ट्रिय उडानका चार जहाजमध्ये एक न्यारोबडी जहाज मर्मतका लागि इजरायल पठाइएको छ। निगमको जहाजमा पटक–पटक प्राविधिक समस्या आउँदा उडान प्रभावित हुने गरेको छ। अन्तर्राष्ट्रिय उडानका लागि दुई थान न्यारोबडी र दुई थान वाइडबडी जहाज छन्। काठमाडौँबाट दोहा उडानको  तयारीमा रहेका दुई सय ७६ यात्रुलाई राति होटेलमा राखेको थियो।

प्रकाशित: Jan 16, 2024| 14:10 मंगलबार, माघ २, २०८०
प्रतिक्रिया दिनुहोस्