आइतबार, मंसिर २८, २०८२

विभिन्न स्थानमा चारजना मृत फेला

 |  मंगलबार, माघ २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २, २०८०

काठमाडौंको शंखरापुर नगरपालिका–३ बोझेनी भञ्याङ बस्ने ४६ वर्षीय विष्णुमान वाइबा सोही ठाउँस्थित खोल्सामा सोमबार मृत अवस्थामा फेला परेका छन्।

National life

कालिकोट, सान्नीत्रिवेणी गाउँपालिका–६ काप्रिखोला बस्ने ३५ वर्षीय मनी सुनार सोही ठाउँस्थित खोल्सामा सोमबार मृत अवस्थामा फेला परेका छन्।

मकवानपुर, मनहरि गाउँपालिका–६ कत्लेखोला बस्ने ५२ बर्सिया प्रितीमाया मोक्तान आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेकी छिन्।

सुर्खेत, पंचपुरी नगरपालिका–६ कुवापानी बस्ने १८ वर्षीय भरत बुढा घरसँगै रहेको बाख्राको खोर नजिकै गएराति मृत अवस्थामा फेला परेका छन्। उनको शरीरका विभिन्न भागमा चोट देखिएको छ। साथै उनकी १५ बर्सिया बहिनी सामान्य घाइते अवस्थामा फेला परेकी छन्।

उनको घरमा अपरचित व्यक्ति आई कुटपिट गरेको भन्ने खबर प्राप्त हुनासाथ संलग्न व्यक्तिको खोजी तथा अनुसन्धानको लागि कुकुरसहितको प्रहरी टोली खटिगएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Jan 16, 2024| 13:51 मंगलबार, माघ २, २०८०
प्रतिक्रिया दिनुहोस्