बुधबार, भदौ १७, २०८३

जनकपुरमा रेलभित्रै यात्रुको मृत्यु

 |  मंगलबार, माघ २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २, २०८०

महोत्तरीको भंगहाबाट जयनगरतर्फ जाँदै गरेको रेलमा सवार एक यात्रुको मृत्यु भएको छ। महोत्तरीको लोहरपट्टी नगरपालिका–४ स्थित खुटापिपरारीका ५० वर्षीय रामएकवाल पण्डितको मृत्यु भएको प्रहरीले जनाएको छ।

कुर्था र जनकपुर रेल्वे स्टेसनको बीचमा बिहान करिब ९ बजे रेलभित्रै अचानक उनको मृत्यु भएको हो। हृदयघातबाट उनको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ। प्रादेशिक अस्पताल जनकपुरमा पण्डितको शव पोष्टमर्टमका लागि राखिएको छ।

 

प्रकाशित: Jan 16, 2024| 12:33 मंगलबार, माघ २, २०८०
प्रतिक्रिया दिनुहोस्