आइतबार, मंसिर २८, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • अघिल्लो दिन श्रीमान् मृत भेटिए, भोलिपल्ट श्रीमतीको पनि मृत्यु

अघिल्लो दिन श्रीमान् मृत भेटिए, भोलिपल्ट श्रीमतीको पनि मृत्यु

 |  मंगलबार, माघ २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २, २०८०

धनुषामा सोमबार मृत भेटिएका महोत्तरीको लोहारपट्टी नगरपालिका-३ महदैयाका २२ वर्षीय राधे सहनीकी श्रीमतीको पनि मृत्यु भएको छ।

National life

सख्त घाइते अवस्थामा फेला परेकी २० वर्षीया अस्मिता शर्माको प्रादेशिक अस्पतालमा उपचारका सोमबार राति ११ बजे मृत्यु भएको हो। राधे सोमबार बिहान धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ पकडियास्थित सडक छेउको गहुँ खेतमा मृत फेला परेका थिए।

चार महिनाअघि राधे र पकडियाकी अस्मिताबीच प्रेम विवाह भएको थियो। विवाहपछि दुवै क्षिरेश्वरनाथ नगरपालिकाकै महेन्द्रनगरमा डेरा गरी बस्दै आएका थिए।

प्रहरीका अनुसार सोमबार राति १० बजेतिर राधे केही साथीसँगै ससुराली घर पकडियाबाट महेन्द्रनगर डेरामा जाँदै थिए। ज ५ प ७८०० नम्बरको मोटरसाइकलमा श्रीमती अस्मितालाई लिएर हिँडेका राधे बिहान ससुराली घरबाट करिब डेढ किलोमिटरको दूरीमा मृत भेटिएका थिए।

मोटरसाइकल दुर्घटना भएर उनको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ। घाइते अस्मितलाई अर्को मोटरसाइकलमा रहेका तीन जना साथीले माइतीमा पुर्‍याइदिएका थिए।

Laxmi sunrise bank
kumari

माइती पक्षले अस्मितालाई उपचारका लागि प्रादेशिक अस्पतालमा भर्ना गरेका थिए। राधे मृत भेटिएको ठाउँमा मोटरसाइकल दुर्घटना भएको जस्तो देखिएको थियो। तर, दुर्घटनामा परेको मोटरसाइकल लिएर सँगै पुगेका युवाहरु अस्मितालाई माइत पुर्‍याएर भागेको पाइएको छ।

प्रहरीले भागेका तीनै जना युवालाई सोमबार दिउँसो नियन्त्रणमा लिएर सोधपुछ गरेको छ। राधेले चलाउँदा दुर्घटना भएको मोटरसाइकल भने अन्य साथीको रहेको खुलेको छ।

राधेले अत्यधिक मदिरा सेवन गरेर मोटरसाइकल चलाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ।

प्रकाशित: Jan 16, 2024| 11:14 मंगलबार, माघ २, २०८०
प्रतिक्रिया दिनुहोस्