शुक्रबार, माघ २, २०८२

युट्युबमा सबैभन्दा धेरै कमाउने सात वर्षे बालक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
युट्युव अहिले युगमा निकै प्रसिद्ध साइट बनेको छ । यही युट्युव धेरैको कमाईको स्रोत पनि बनेको छ । फोब्र्स म्यागजिनले १० उत्कृष्ट कमाई गर्ने युट्युबर लिस्ट सार्वजनिक गरेको छ ।
गज्जब त के छ भने युट्युबमार्फत यो वर्ष सबैभन्दा बढी कमाइ गर्ने सात वर्षका बालक छन् । अमेरिका बस्ने रेयानले यो वर्ष २२ मिलियन अमेरिकन डलर कमाइ गरेका छन् । उनका एक करोड बढी सस्क्राइबर छन् । 

जेक पल, रेयान पछि, दोस्रो स्थानमा छन् । उनको कमाई  २१ दशमलब ५ मिलियन अमेरिकी डलर छ ।  सस्क्राइबरको तुलनामा ९ औँ स्थानमा रहेको स्वीडेनका कमेडियन र भिडियो गेम कमेन्टर फेलिक्स ज्वेलबर्गको युटुब च्यानल ‘प्युडाईपाई’ को सबैभन्दा धेरै सस्क्राइबर छन्। उनको करिब साढे सात करोड सस्क्राइबर छन् । तर, उनको कमाई साढे १५ मिलियन अमेरिकी डलर छ । 

सन् २०१७ मा, उनको वार्षीक कमाई ११ मिलियन थियो । उनको एक वर्ष मै रेयानको  कमाइ दोब्बर भएको छ । उनी गत वर्ष  उत्कृष्ठ आठ स्थानमा थिए। उनी पछि, दोस्रो स्थानमा  जेक पल रहेका छन् । 

रेयान करिब ४ वर्ष देखि युटुब च्यानल संचालन गर्दै आएका छन् । सन् २०१५ मार्चमा, रेयानले रेयान टोई रिभ्यु च्यानलको सुरूवात गरेका थिए । यस च्यानलमा उनी , खेलौनाको रिभ्यु गर्ने गरेका छन् । 

च्यानल संचालनको १० महिनामै उनको १० लाख सस्क्राइबर भएका थिए । रेयानकी आमाका अनुसार, रेयान तीन वर्षको उमेरदेखि च्यानल सुरू गर्ने सोच आएको र उनलाई खेलौना रिभ्यु गर्ने प्रकारका टिभी च्यानल देखाउने गरेको उनी आमाले बताइन् । 

त्यस पछि, ४ वर्षको उमेरमा खेलौना किनी रिभ्यु गर्ने सुरू गरेका थिए रेयानले ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...