बुधबार, फागुन २८, २०८१

सर्लाहीको बरहथवामा शोक बिदा

 |  सोमबार, पुस २३, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, पुस २३, २०८०

प्रहरीको गोली लागेर मृत्यु भएका बरहथवा-६ का युवा जयशंकर साहप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बरहथवा नगरपालिका कार्यालयले सोमबार शोक बिदा दिएको छ।

health

बरहथवा नगरपालिकाकी प्रमुख कल्पना कुमारी कटुवालद्वारा हस्ताक्षरित सूचनामा नगरपालिका कार्यालय, वडा कार्यालयहरु, शैक्षिक लगायत नगरपालिका अन्तर्गतका सम्पूर्ण सरकारी एवं गैरसरकारी संघ संस्थामा बिदा दिइएको उल्लेख छ।

बरहथवा नगर अस्पताल स्तरोन्नति विवादका क्रममा भएको विरोध प्रदर्शन अन्तर्गत गत शुक्रबार दिउँसो प्रहरीको गोली लागेर ३० वर्षीय साहको घटनास्थलमै मृत्यु भएको थियो। आन्दोलनकारी नेतृत्व, पीडित परिवारसहित सरोकारवाला पक्षहरुबीच ११ बुँदे सहमति भएपछि मृतक साहको शव आइतबार रातिमात्र घटनास्थलबाट उठाएर पोष्टमार्टम गरेपछि परिवारले बुझेका थिए।

मृतक साहको शव नगर परिक्रमा गरी अन्त्येष्टिका लागि बागमती खोलामा लगिएको छ। बरहथवाको अवस्था आज चौथो दिन बल्ल सामान्य बनेको छ।

प्रकाशित: Jan 08, 2024| 14:47 सोमबार, पुस २३, २०८०
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्