मंगलबार, पुस १, २०८२

बालकुमारीमा पक्राउ परेका सबै छुटे

 |  आइतबार, पुस १५, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस १५, २०८०

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- शुक्रबार ललितपुरको बालकुमारीमा भएको विरोध प्रदर्शनका क्रममा पक्राउ परेका सबै छुटेका छन्। शुक्रबार ईपीएस भाषा परीक्षाको विषयमा भएको प्रदर्शनबाट प्रहरीले ७३ जनालाई नियन्त्रणमा लिएको थियो।

शनिबार साँझसम्म सबैलाई छाडिएको प्रहरीले जनाएको छ। घटनामा दुई जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र शाह छन्। उनीहरूको परिवारलाई सरकारले १०-१० लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ।

घटनापछि सरकारले त्यतिबेला गोली चलाउन आदेश दिने डीएसपी उमेश लम्सालसहित भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाका निजी सुरक्षा गार्डलाई निलम्बन गरेको छ।

प्रकाशित: Dec 31, 2023| 12:13 आइतबार, पुस १५, २०८०
प्रतिक्रिया दिनुहोस्