बिहीबार, भदौ १२, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • तमु ल्होसारले धर्म, संस्कृति र परम्पराको संरक्षणमा लाग्न प्रेरित गरेको छ : सभापति देउवा

तमु ल्होसारले धर्म, संस्कृति र परम्पराको संरक्षणमा लाग्न प्रेरित गरेको छ : सभापति देउवा

 |  आइतबार, पुस १५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १५, २०८०

vianetvianet
Kumaribank
Metro Mart

काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गुरुङ समुदायको पर्व ‘तमु ल्होसार’का अवसरमा स्वदेश तथा विदेशमा रहेका तमु समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा नेपाली कांग्रेस र आफ्नोे व्यक्तिगत तर्फबाट सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।

सभापति देउवाले तमु जातिले नयाँ वर्षको रुपमा मनाउने ल्होसारले आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै आएको बताए। यस्ता पर्वले नेपाली समाजमा सद्भावना बढाउने उनले आज जारी गर्नुभएको सन्देशमा उल्लेख छ। 

सन्देशमा उनले तमु ल्होसारले धर्म, संस्कृति, र परम्पराको संरक्षणमा लाग्न प्रेरित गरेको बताए। 

प्रकाशित: Dec 31, 2023| 10:05 आइतबार, पुस १५, २०८०
प्रतिक्रिया दिनुहोस्