आइतबार, चैत २९, २०८२

बालकुमारी घटना: संसदीय समितिले गृहमन्त्रीलाई बोलायो

 |  शनिबार, पुस १४, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, पुस १४, २०८०

National life
kumari

काठमाडौं- प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले ललितपुरको बालकुमारीमा दुई युवाको मृत्यु भएको घटनाका सम्बन्धमा छलफल गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बोलाएको छ।

सोमबार बिहान साढे ८ बजे सिंहदरबारमा बस्ने बैठकमा मन्त्रीलाई बोलाइएको हो। बैठकमा गृहमन्त्री श्रेष्ठसहित तीनवटै सुरक्षा निकायका प्रमुखलाई पनि बोलाइएको छ।

पानीजहाज बनाउने कामका लागि कोरियाली भाषा परीक्षा दिएर अनुतीर्ण भएका युवाले उत्पादनमूलक कामको भाषा परीक्षाका फारम भर्न पाउनुपर्ने माग गर्दै शुक्रबार गरेको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो।

प्रकाशित: Dec 30, 2023| 19:26 शनिबार, पुस १४, २०८०
प्रतिक्रिया दिनुहोस्