शनिबार, असार २०, २०८३

रुपन्देहीमा सात वर्षीया बालिकाको हत्या

 |  शनिबार, पुस १४, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, पुस १४, २०८०

भैरहवा- रुपन्देहीको मर्चवारी गाउँपालिका–१ इस्लामपुरमा एक बालिकाको हत्या भएको छ। स्थानीय सात वर्षीया नन्दनी कुर्मीको हत्या भएको हो। उनको शव मर्चवारी–१ इस्लामपुरमा आज फेला परेको हो। 

कुर्मी शुक्रबारदेखि हराइरहेकी थिइन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मनोहर भट्टका अनुसार कुर्मीको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

हत्यामा संलग्न रहेको आशङ्कमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। घटनाबारे  अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक भट्टले बताए।

प्रकाशित: Dec 30, 2023| 11:14 शनिबार, पुस १४, २०८०
प्रतिक्रिया दिनुहोस्