मंगलबार, पुस १, २०८२

आज काठमाडौंका यी स्थानमा बिजुली नहुने

 |  शनिबार, पुस १४, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, पुस १४, २०८०

काठमाडौं- शनिबार काठमाडौंका विभिन्न ठाउँमा साढे चार घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले शनिबार काठमाडौं उपत्यकाका केही ठाउँमा विद्युतीय सबस्टेशन मर्मत गर्दैछ। जसकारण केही ठाउँमा ४ देखि साढे ४ घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने प्राधिकरणले जनाएको छ। 

National life

११ केभीको मुलपानी सबस्टेशन मर्मतका लागि साँखु फिडर सटडाउन गर्नुपर्ने प्राधिकरणले जनाएको छ। जसकारण साँखु फिडरबाट विद्युत् आपूर्ति हुने क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ। 

साँखु फिडरअन्तर्गत पर्ने मायापाटी, ब्रम्हखेल, इन्द्रायनी, साँखु, जहरसिं पौवा, नांगलेभरे क्षेत्रमा शनिबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

त्यस्तै, काठमाडौंको लाजिम्पाट फिडरअन्तर्गतका क्षेत्रमा तार भूमिगत गर्ने कार्य भइरहेकाले ती क्षेत्रमा पनि शनिबार विद्युत् अवरुद्ध हुनेछ। प्राधिकरणका अनुसार लाजिम्पाट, पानीपोखरी र बालुवाटार क्षेत्रमा पनि बिहान साढे ९ बजेदेखि दिउँसो साढे २ बजेसम्म विद्युत अवरूद्ध हुनेछ। 

प्रकाशित: Dec 30, 2023| 08:35 शनिबार, पुस १४, २०८०
प्रतिक्रिया दिनुहोस्