मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • भारतबाट आयात हुने विषाक्त खाद्यान्‍नमा पूर्णरूपमा रोक लगाउनुपर्छ : सभापति आरजु राणा

भारतबाट आयात हुने विषाक्त खाद्यान्‍नमा पूर्णरूपमा रोक लगाउनुपर्छ : सभापति आरजु राणा

 |  शुक्रबार, पुस १३, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १३, २०८०

काठमाडौं- प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले विषाक्त र अस्वस्थकर खाद्यान्नको आयातमा कडाइ गर्नुपर्ने बताएकी छन्। 

National life

समितिमा शुक्रबार केरा खेती तथा पशुपालन व्यवसायमा रहेका समस्याका सम्बन्धमा भएको छलफलमा सभापति देउवाले सीमा नाकामा कडाइ गरेर आयातमा कडाइ गर्नुपर्ने बताएकी हुन्। 

सहज आयातकै कारण नेपाली किसानको केरामा भारतीय केरामा देखिएको टिआर फोर नामक घातक रोग देखिएको भन्दै सभापति राणाले यसको नियन्त्रणका लागि आयातमा कडाइ गर्नुपर्ने बताइन्। 

सीमाबाट आयात हुने विषाक्त र अस्वस्थकर खाद्यान्न नियन्त्रणका लागि कृषि, अर्थ, गृह र  वाणिज्य मन्त्रालयको टास्क फोर्स बनाउनुपर्ने उनले ओल्याइन्। 

ञआगामी दिनमा अन्य रोग आउन नदिन के गर्ने रुझ उनले भनिन्, ञभारतमा आउने वितिकै खुला सीमानाले नेपालमा पनि आउँछ, यसको रोकथामका लागि भारतका वैज्ञानिकसँग कुरा गर्नुपर्छ।झ नेपालको कृषि वैज्ञानिक क्षेत्रमा पनि लगानी बढाउनुपर्ने उनको भनाइ छ। 

Laxmi sunrise bank
kumari

ञविषाक्त केरा र माछा आउँदा रोग भित्रिरहेको छ, नेपाली किसान मारमा परिरहेका छन्,झ उनले भने, ञसीमा नाका र भन्सारमा अर्थ, गृह र वाणिज्य मन्त्रालयले कडाइ गर्नुपर्छ।झ 

सभापति राणाले सीमामा खटिने सुरक्षाकर्मीदेखि कर्मचारीसम्म जनशक्तिलाई खाद्य सुरक्षाबारे तालिम दिनुपर्ने बताइन्। यसका लागि उनले कृषि मन्त्रालयलाई आग्रह गरिन्। 

सभापति राणाले कृषिमा लगानी बढाउनुपर्ने बताइन्। ञकृषि प्रधान देशमा राज्यको ३ प्रतिशत मात्रै बजेट छ। यसलाई बढाएर कम्तिमा ५ प्रतिशत पुर्याउनुपर्छ। किनभने कृषि सेक्टरबाट धेरै राजस्व उठ्छ। यसमा खर्च भन्दा लगानीका रूपमा हेर्नुपर्छ।झ 

समितिमा कृषि मन्त्रालयले संक्रामक रोगलगायत कृषि तथा पशुसम्बन्धी ऐनको मस्यौदा भइरहेको जानकारी गराएको थियो। 'रोग रोकथामका लागि सरकारले कृषि ऐन मस्यौदा नै गरेको रहेछ,' सभापति राणाले भनिन्, 'यसले पनि धेरै कुरा समेट्ला।'

भारतबाट आयात हुने खाद्यान्न तथा पशुको गुणस्तर परीक्षणका लागि सीमामा अनिवार्य क्वारेन्टाइन राख्ने र जाँच गर्नुपर्ने बताइन्। 

यसैबीच समितिले बर्दिया राष्ट्रिय निकुञ्ज र बाँके बर्दियाका सहकारीको निरीक्षण गर्ने निर्णय गरेको छ। त्यहाँ सहकारी पीडितसँग अन्तरक्रिया पनि हुनेछ। सभापति राणाकाअनुसार १८ र १९ पुसमा समितिको ७ सदस्यीय टोलीले निरीक्षण गर्नेछ।

प्रकाशित: Dec 29, 2023| 16:40 शुक्रबार, पुस १३, २०८०
प्रतिक्रिया दिनुहोस्