सोमबार, चैत ३०, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • दुई जनाको मृत्युपछि अदालतको आदेश - सबैलाई ईपीएस परीक्षामा सामेल गराउनू

दुई जनाको मृत्युपछि अदालतको आदेश - सबैलाई ईपीएस परीक्षामा सामेल गराउनू

 |  शुक्रबार, पुस १३, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १३, २०८०

काठमाडौं- उच्च अदालत पाटनले 'शीप बिल्डिङ' तर्फ आवेदन दिएका सबैलाई 'म्यानुफ्याक्चरिङ' क्षेत्रको काममा कोरिया जान आवश्यक कोरियन भाषा परीक्षा (ईपीएस) मा सहभागी गराउन आदेश दिएको छ। 

National life

उच्च अदालत पाटनका न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजलासले शुक्रबार आन्दोलनरत सबैलाई परीक्षामा सहभागी गराउन अन्तरिम आदेश दिएको उपरजिष्ट्रार तीर्थराज भट्टराईले जानकारी दिए। 

‘निवेदकहरूलाई आवेदन फारम भर्नबाट बञ्चित गर्न मनासिब नहुँदा निवेदकहरू लगायत निवेदक सरहका समान प्रकृतिका इच्छुक व्यक्तिहरूलाई मंसिर १९ गतेको सूचना बमोजिम पुस २ बाट खुला गरिएको आवेदन फारम भर्न रोक नलगाउनु र परीक्षा आवेदन फाराम भर्न दिनु दिलाउनु भनी विपक्षीहरूको नाममा उच्च अदालतले अन्तरिम आदेश जारी गरिदिएको छ,’ न्यायाधीश ज्ञवालीले जारी गरेको आदेशमा उल्लेख छ।

ईपीएस परीक्षामा सहभागी हुन नपाएको भन्दै शुक्रबार ललितपुरको ग्वार्कोमा प्रदर्शन भएको छ। त्यसक्रममा ग्वार्कोमा ईपीएस परीक्षार्थीहरूले भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको बा २ झ ५९६१ नम्बरको गाडीमा आगजनी भएको थियो। त्यसपछि प्रहरीले बल प्रयोग गरेको थियो। प्रहरीले बल प्रयोग गर्दा दुई जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा २३ वर्षीय सुजन राउत र २२ वर्षीय वीरेन्द्र साह छन्। सुजनको छातीमा डाम देखिएको छ। उनको किष्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। वीरेन्द्र साहको भने पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिए। यस घटनामा प्रहरीले ५४ जनालाई पक्राउ गरेको छ। 

kumari

प्रकाशित: Dec 29, 2023| 16:32 शुक्रबार, पुस १३, २०८०
प्रतिक्रिया दिनुहोस्