मंगलबार, पुस १, २०८२

बालकुमारी घटनामा थप एक जनाको मृत्यु

 |  शुक्रबार, पुस १३, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १३, २०८०

काठमाडौं- बालकुमारी घटनामा थप एक युवकको मृत्यु भएको छ। 

National life

ललितपुरको बालकुमारीमा रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा थप एक जनाको मृत्यु भएको हो।

गम्भीर घाइते भएका प्रदर्शनकारीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा २२ वर्षीय वीरेन्द्र शाहको रहेको बताइएको छ।

ईपीएस परीक्षाको विषयलाई लिएर भएको आन्दोलन हिंसात्मक बनेसँगै प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगामुढा गर्नुका साथै मन्त्री चढेको गाडी जलाएपछि आन्दोलन बिथोलिएको थियो।

प्रकाशित: Dec 29, 2023| 15:35 शुक्रबार, पुस १३, २०८०
प्रतिक्रिया दिनुहोस्