आइतबार, असार १४, २०८३

बालकुमारीमा मन्त्री ज्वालाको गाडी जलाउने ५ जना पक्राउ

 |  शुक्रबार, पुस १३, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १३, २०८०
National life
Shivam cement

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गर्ने ५ जना पक्राउ परेका छन्।

रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदन फारम भर्न नपाएको भन्दै मन्त्रीको गाडीमा आगजनी गर्ने ५ जनालाई पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए। हाल मन्त्री ज्वालालाई उद्धार गरी सिंहदरबार पुर्‍याइएको पनि उनले बताए।

उनले भने, ‘आन्दोलित युवाहरुको समूहले गाडीमा आगजनी गरेको हो, हामीले पाँच जना पक्राउ गरेका छौँ, मन्त्री ज्यूलाई प्रहरीले रेस्क्यु गरेर सिंहदरबार पुर्‍याएइको छ।’ ग्वार्कोस्थित ईपीएस कार्यालयमा युवाहरु बिहानदेखि भेला भएर आन्दोलन गरिरहेका थिए।

प्रकाशित: Dec 29, 2023| 14:14 शुक्रबार, पुस १३, २०८०
प्रतिक्रिया दिनुहोस्