सोमबार, चैत ३०, २०८२

प्रहरीको गोली लागेर बालकुमारीमा एक जनाको मृत्यु

 |  शुक्रबार, पुस १३, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १३, २०८०

ईपीएस परीक्षाको विषयलाई लिएर भएको आन्दोलन हिंसात्मक बनेको छ। प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगामुढा गर्नुका साथै मन्त्री चढेको गाडी जलाएपछि आन्दोलन बिथोलिएको हो।

National life

प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाउँदा केही युवा घाइते भएका छन्। तीमध्ये एक जनाको किस्ट अस्पतालमा मृत्यु भएको बताइएको छ।

मृत्यु हुने २३ वर्षीय सुदन राउत हुन्। आन्दोलनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र लाठी प्रहार गरेको छ। प्रहरीको आक्रम प्रहारबाट घाइते राउतको उपचारको क्रममा पाटनस्थित किस्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। 

घाइते राउतलाई १२:४० मा किस्ट अस्पताल लगिएकोमा१:१७ बजे चिकित्सकले मृतक घोषणा गरेका थिए।

बालकुमारी-सातदोबाटो सडकमा सयौंको संख्यामा प्रदर्शनमा उत्रिएका युवाले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी जलाएका हुन्। दमकलले आगो निभाउने प्रयास गरे पनि आगजनीबाट बा २ झ ५८६१ नम्बरको गाडी ध्वस्त बनेको छ।

kumari

कोरिया भाषा परीक्षामा सहभागी नगराएको भन्दै भाषा सिकेका व्यक्तिहरूको समूहले प्रदर्शन गरेको हो।

जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा अनुत्तीर्ण भएकाहरूले आफूहरूलाई उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा सहभागी गराउन माग गर्दै प्रदर्शन गरेका हुन्।

प्रकाशित: Dec 29, 2023| 14:13 शुक्रबार, पुस १३, २०८०
प्रतिक्रिया दिनुहोस्